Jagaran Nepal मंगलबार, साउन १३, २०७७

एजेन्सी – कोरोना जितेर घर फर्किएका १ सय ३ वर्षीय वृद्धले पाँचाै विवाह सम्पन्न गरेका छ ।

पाकिस्तानका अजिज अब्दुल अलीमले १ सय ३ वर्षको उमेरमा जिवनको पाँचाै विवाह सम्पन्न गरेका हुन् ।

पाकिस्तानमा कोरोनाले दिन प्रतिदिन भयावह रूप लिँदै गर्दा कोरोनाबाट निको हुनेको संख्या पनि उत्तिकै रहेको छ ।

कोरोनाले प्रायः पाको उमेर भएका मानिसहरूको मृत्यु हुने भएता पनि पाको उमेर भएका धेरैले समेत कोरोना जितेका छन् । ती भाग्यमानीमा गनिएका १ सय ३ वर्षिय वृद्धले पाँचाै विवाह गरेर खुशियाली मनाएका छन् ।

पाकिस्तानमा यो सामग्री तयार पार्दासम्म २ लाख ७५ हजारभन्दा बढी संक्रमित हुँदा लगभग ६ हजार जनाको मृत्यु भइसकेको छ ।