Jagaran Nepal मंगलबार, साउन १३, २०७७

काठमाडौँ । सरकारले कोरोना परीक्षणको लागि काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, फर्पिङ र साँगाबाट स्वाब संकलन गर्न थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

काठमाडौं प्रवेश गर्ने ती तीन नाकाबाट कोरोनाको स्याम्पलिङका लागि नमुना संकलन गरिरहेको र मंगलबार अपरान्ह चार बजेसम्म ४ हजार ८ सय १३ जनाको स्वाब संकलन गरिएको उनले जानकारी दिए।

फर्पिङ नाकाबाट ९ सय ५५, थानकोट नागढुंगाबाट २ हजार ९ सय १४ र साँगाबाट ९ सय ४४ जनाको स्वाब संकलन गरिएको प्रवक्ता गौतमले नियमित प्रत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन।