Jagaran Nepal मंगलबार, साउन १३, २०७७

काठमाडौं । नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
थप ३ सय ११ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।

यस्तै, कोरोना संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

कहाँ जिल्लामा कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरमा झापाका २ जना, मोरङका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ओखलढुगाका एकजना र मोरङका एकजना, गजेन्द्र नारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीक १५ जनाका कोरोना संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ८ जना ,नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, इलामका एकजना र र पर्साका १३ जना संक्रमित भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, कपिलवस्तुका ३४ जना र काठमाडौंका ११ जना, नुवाकोटका एकजना र सिन्धुपाल्चोकका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा दाङका एकजना, गोरखाका एकजना, काठमाडौंका ९ जना, ललितपुरका एकजना र रामेछापका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, पर्साका एकजना, ललितपुरका एकजना र सर्लाहीका एकजना,त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा नवलपरासीका एकजना, र काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका २ जना, स्याङ्जाका १८ जना संक्रमित भेटिएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४ जना, रौतहटका एकजना र मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा थरिएको परीक्षणमा दाङका ५ जना र बाँकेका ३ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पूर्वका ५ जना, रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना,डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ३ जना र डोटीका ३५ जना

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १६ जना, दार्चुलाका एकजना डोटीका २३ जना, कैलालीका १८ जना र कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।