Jagaran Nepal मंगलबार, साउन १३, २०७७

काठमाडौँ । लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै स’मस्याहरूबाट बचाउँछन् । भारतको राजस्थान आयुर्वेदिक वि’श्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् :लसूनमा भएको सेलेनियमले निः स न्तान स’मस्यालाई हटाउँछ । यसमा भएको एन्टी ब्या क्टेरि यल तत्त्वका कारण सा स गनाउने स’मस्या भाग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् ।

लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ ।यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ ।यसमा भएको क्या ल्सि यमले हाड बलियो बनाउँछ ।यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई ती व्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ ।यसमा भएको फाइबरले क ब्जि यत लगायतका समस्याहरू दूर हुन्छन् ।

यो पनि पढ्नुहोस् :सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद अन्ततः ‘होलसेल’ मा टुंग्याउने सहमति भएको छ ।शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘एकताको महाधिवेशन’ गरेर सबै विवाद टुंग्याउने प्रस्ताव एक स्वरमा राखेको बताइएको छ ।

‘स्थिति फरक बनेर आयो नेकपा भित्र’ एक सचिवालय सदस्यले बताए ‘ उहाँहरुले अब खुद्रा मसिना विवाद खडा नगर्ने र होलसेलमा नै कुरा टुंग्याउने गरी मंसिरमा एकताको महाधिवेशन गर्ने प्रस्ताव राख्नु भयो ।’दुई अध्यक्षबीच भएको सहमतिले पार्टीमा उत्पन्न धेरै तरंगलाई किनारा लगाएको बताउँदै ती सदस्यले अब भोलि आइतबार बस्ने सचिवालय र नेकपा स्थायी कमिटी बैठकमा यही विषयमा सहमतिको स्वरमा थपडी बज्ने दाबी समेत उनले गरे ।

निकै सकस र संकटपूर्ण अवस्थामा पुगेको नेकपाको स्थितिलाई यस्ले सम्हाल्ने विश्वास पनि उनको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्तावमा धेरैले विश्वास नगरिरहेको अवस्थामा अर्का अध्यक्ष दाहालले पनि सोही प्रस्ताव राखेपछि दुबै पक्ष सहमत भएको अवस्था देखिएको नेकपाका एक नेताले बताए । यद्धपि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको यसप्रति कस्तो धारणा आउने हो त्यो प्रष्ट भइसकेको छैन ।

तर दाहाल र नेपालले एउटै बोली बोलिरहेको अवस्थामा नेपालको भूमिका पनि यस्मा एउटै हुनु पर्ने एक स्थायी कमिटी सदस्यको तर्क छ ।एकताको महाधिवेशनलाई अब ‘लाहाछाप’ लगाउन सचिवालय बैठक लगत्तै दुबै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शीतल निवास पुग्नु भएको वालुवाटारका एक सुत्रले न्यूज २४ लाई बतायो ।

शीतल निवासको भूमिकामा नेकपा सदस्यहरुकै असन्तुष्टि:संविधानले सबैको अभिभावक मानेको राष्ट्रपति जस्तो संस्थालाई नेकपाका शीर्ष नेताहरुले विवादमा तानेको भन्दै नेकपा भित्रकै नेताहरुले असन्तुष्टि प्रकट गरेका छन् ।महाधिवेशन सम्बन्धी सहमतिलाई ‘लाहाछाप’ लगाएर विश्वासिलो बनाउन राष्ट्रपतिलाई गुहार्नु संविधानत लज्जास्पद भएको एक सदस्यले न्यूज २४ लाई बताए । राष्ट्रपतिलाई पार्टीको आन्तरिक जीवनमा मुछ्दा संस्थाकै गरिमामा आँच आउनेसम्म हेक्का नराख्नु दुःखद भएको भन्दै अब विपक्षी दलहरुले यसलाई मुद्दा बनाउन सक्ने पनि उनको भनाइ छ ।