Jagaran Nepal मंगलबार, साउन १३, २०७७

काठमाडौँ । बीबीसी । केन्यामा एक महिनाभित्र दुई वयस्क पुरुषसँग छुट्टाछुट्टै विवाह गर्न बा’ध्य पारिएकी एउटी १२ वर्षीया बालिकाको अधिकारीहरूले उ’द्धार गरेका छन्। राजधानी नाइरोबीबाट पश्चिममा अवस्थित नारोक काउन्टीमा बसोबास गर्ने ती बालिकाको आफ्नै पिताले पहिलो पटक ५१ वर्षीय व्यक्तिसँग ब’लपूर्वक विवाह गराइदिएका थिए। उनी त्यहाँबाट भागिन्। तर उनको अर्का ३५ वर्षीय पुरुषसँग विवाह भयो। त्यसपछि बल्ल बालअधिकारकर्मी र सरकारी अधिकारीहरूले उनको उ’द्धार गरे। केन्यामा १८ वर्ष नपुगेका व्यक्तिसँग विवाह गर्नु अ’पराध मानिन्छ।

अर्की बालिकालाई उद्धार गर्ने प्रक्रिया चलिरहँदा आफूले ती बालवधूबारे सूचना पाएको उ’द्धारमा संलग्न अभियानकर्मीले बताएका छन्। “उनका बुबाले अधबैँसे मानिसलाई बिहे गर्न ती बालिका दिए। उनीसँग अर्का तन्नेरीसँग बिहे गर्नुबाहेक अरू विकल्प थिएन,” नारोक काउन्टी पीस असोसीएशनका जोशुआ कापुटाहले बीबीसीलाई भने।

कापुटाहका अनुसार गरिबी तथा कोरोनाभाइरस म’हामारीका कारण विद्यालयहरू ब’न्द भएकाले बालविवाह बढेको छ।“केही परिवार भोका छन् र बेहुला प’क्षबाट उपहारमा पाइने दुई वा तीनवटा गाईको सम्भावना निकै आ’कर्षक भएको हुनसक्छ,” उनले भने। नाइरोबीस्थति बीबीसी संवाददाता पिटर म्वाईका अनुसार नारोक काउन्टमा बस्ने मासाई समुदायमा उमेर नपुगेका केटीको बिहे गरिदिने प्रचलन रहेको छ।

तर देशको कानुनले १८ वर्ष नपुगी गरिने विवाहलाई अ’पराध मान्छ। म्वाईका अनुसार मासाई केटीहरूलाई घरबारमा ऐश्वर्यका रूपमा हेरिन्छ र प्रायः तिनको विवाह पिताले रोजेको पुरुषसँग हुन्छ। उक्त समुदायमा छोरी दिएर उपहारस्वरूप बस्तुभाउ लिने चलन छ। केन्याबाट प्रकाशित हुने स्ट्यान्डर्स समाचारपत्रका अनुसार पहिलो बेहुलाले ती बालिकाका पितालाई चारवटा गाई दिएका थिए।

ती बालिकाले विवाह नगर्ने भनेर वि’रोध गरिन्। तर आफन्तहरूले उनलाई कु’टपि’ट गरे। “म भागेँ अनि गा’ली खाने ड’रले पछि बुवाको घर जान सकिनँ। त्यसैले ३५ वर्षका विवाहित व्यक्तिसँग बिहे गरेँ,” उनलाई उक्त पत्रिकाले उद्धृत गरेको छ। कापुटाहका अनुसार ती बालिकाले पिताले उनलाई फेला पारे र पहिलो दुलाहाका पुर्‍याइदिए।

सरकारी अधिकारीहरूसहित उ’द्धार गर्न पुग्दा ती व्यक्ति भागिसकेका थिए। प्रहरीले ती बालिकाका पिता र उनीसँग विवाह गर्ने दुई पुरुषको खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दो’षी प्र’माणित भए उनीहरू प्रत्येकलाई १० लाख शिलिङ ९झन्डै ११।२२ लाख नेपाली रुपैयाँ० द’ण्ड वा पाँच वर्षसम्मको कारावास वा दुवै स’जाय हुनसक्छ।