Jagaran Nepal मंगलबार, साउन १३, २०७७

अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली छात्राको ज्यान गएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको ज्यान गएको हो।

उनको शव गत आइतबार निकालिएको समाचारमा उल्लेख छ। डुंगामा सयर गरिरहेका बेला डुबेर उनको मृत्यु भएको हो।टेक्सस नेपालीको बाक्लो बसोबास भएको अमेरिकी राज्यमध्ये एक हो। एजेन्सी