Jagaran Nepal मंगलबार, साउन १३, २०७७

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमणपछि अहिले मुम्बई स्थित नानावती अस्पतालमा छन्। ७७ बर्षीय उनलाई चिकित्सकको विशेष निगरानीमा राखिएको छ।

सोमबार बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ। पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन्। तर, अमिताभ र छोरा अभिषेक अझै केही दिन अस्पतालमै रहेनछन्।

बुहारी र नातिनीले कोरोनालाई जितेपछि निकै खुशी भएको अमिताले ट्विटमा उल्लेख गरेका छन्। ‘मेरी सानी नातिनी र बुहारीले अस्पतालबाट छुटकारा पाउँदा मैले मेरा आँसु थाम्न सकेन।’ अमिताभले ट्विटमा लेखेका छन्, ‘प्रभु,हजुरको कृपा अपार अपरम्पार छ।’ कोरोनासँग जुधिरहेका अभिनेता बच्चन अस्पतालमा रहेपनि सामाजिक सञ्जालमा सक्रिय छन्।

बच्चनले हालै एक पोस्ट गरेको प्रार्थनाले चर्चा पाएको थियो। उनले आफ्नो स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गरेका थिए।

मानिसको भीड सहितको फोटो पोस्ट गर्दै भगवानलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘तपाईँले ममाथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ। र यो कहिल्यै गुमाउन चाहन्न म । मलाई साथ दिनुस् भगवान’