Jagaran Nepal सोमबार, साउन १२, २०७७

काठमाडौं । बलिउडका एक्शन डाइरेक्टर परवेज खानको निधन भएको छ । ५५ वर्षीय खानको हार्टअट्याकका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनले श्रीराम राघवनसँग सुपरहिट फिल्म अन्धाधुनमा समेत काम गरिसकेका थिए । शिरमा असह्य पीडा भएपछि उनलाई मुम्बईको रुबी अस्पतालमा भर्ना गरिुउको थियो ।

उनको सोमवार विहान अचानक हार्टअट्याक भएका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले शहारुख खान, बोबी देओल, आयुष्मान, शाहिद कपूर, राजकुमार राव जस्ता अभिनेताहरुसँग काम गरेका थिए ।

एजेन्सीको सहयोगमा