Jagaran Nepal सोमबार, साउन १२, २०७७

सप्तरी, १२ साउन- कोरोना सङ्क्रमणको जो’खिम बढेपछि राजगढ गाउँपालिकाले मङ्लबारदेखि अनि’श्चितका’लका लागि सार्वजनिक सेवाहरु बन्द गरेको छ ।गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले आज एक सूचना प्रकाशित गरी गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द भएको जानकारी दिनुभयो । अर्को सूचना नआउ’ञ्जेल अ’त्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने सो सूचनामा जनाइएको छ ।

विश्वव्या’पी रुपमा फैलिरहेको कोरोना सङ्क्रमण समुदायमा फैलिने स’म्भावनालाई मध्यनजर गर्दै उच्च जो’खिम न्यू’नीकरणका लागि गाउँपालिका र वडा कार्यालयहरु समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

अ’त्यावश्यक कामबाहेक घरबाट बाहिर ननि’स्किन र अति आवश्यक कामका लागि बाहिर निस्किनु पर्दा अनिवार्य रुपमा मास्क लगाउन, साबुन पानीले हात धुन, सामाजिक दूरी कायम गर्न र अन्य सा’वधा’नी अपनाउन गाउँपालिकाले नागरिकलाई आग्रह गरेको छ ।