Jagaran Nepal सोमबार, साउन १२, २०७७

काठमाडौं । अभिनेत्री एवं निर्माता निर्देशन दिपा श्री निरौलाले राजेश हमाल ‘महानायक’ हुन र? भन्दै एक टेलिभिजन कार्यक्रममा प्रश्न उठाएपछि पछिल्लो समय आलोचना खेपिन्।

यद्धपी उनले शब्द चयनमा गल्ती भएको भन्दै राजेश हमालका दर्शक तथा सुभचिन्तकप्रति माफी मागेसकेकी छिन्। राजेश हमालले पनि सम्बन्धीत व्यक्तिलाई माफी दिन फ्यानहरुलाई भिडियो मार्फत आग्रह गरेका थिए।

पछिल्लो समय धेरै फिल्म समिक्षकहरुले पनि राजेश हमाल ‘महानायक’ नभएको टिप्पणी गर्ने गरेका छन्।

महानायक सम्बन्धी बहसमा स्वयंम राजेश हमालले हालै एक टेलिभिजन कार्यक्रममा भनेका थिए, ‘चलचित्र समिक्षकहरु के भन्छन् त्यही कुरा दर्शकहरु नभन्न पनि सक्छन्। दर्शकको मायाले नै कुनै कलाकारले नायकत्व प्राप्त गर्छ भन्ने लाग्दछ।’

राजेश हमाललाई सम्बोधन गरिने उक्त पदावलीबारे प्रश्न उठिरहँदा हमालको पक्षमा समेत कलाकारहरु देखिएका छन्। नायक अनुप बिक्रम शाहीले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै नेपालका एक मात्र महानायक राजेश हमाल भएको उल्लेख गरेका छन्।

हालै आफ्नो जन्मदिनको उपलक्ष्यमा आयोजित कार्यक्रममा अभिनेता शाहीले भनेका थिए, ‘जसले जे सुकै भनोस राजेश हमाल चलचित्र छेत्रको सुनको खम्बा हो।’ यस्तो छ अनुपको पछिल्लो पोष्ट