Jagaran Nepal सोमबार, साउन १२, २०७७

काठमाडौं । विश्वभर म’हा’मा’रीको रुपमा रहेको कोरोना भाइरस(कोभिड–१९)लाई डब्ल्युएचओले अहिलेसम्मकै क’ठोर जनस्वास्थ्य सं’कट भनेको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोभिड–१९ अहिलेसम्मकै सबैभन्दा कठो’र जनस्वास्थ्य संकटको रुप लिएको बताएको छ । डब्ल्युएचओले कोभिड–१९ को स’ङ्क्र’म’ण अहिलेसम्म विश्व स्वास्थ्य संगठनले घोषणा गरेको जनस्वास्थ्य संकटमध्येको सबैभन्दा क’ठोर बन्न पुगेको टिप्पणी गरेको हो ।

स्वीटजरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्युएचओका महानिर्देशक डा.टेड्रस अदनोम गेब्रेससले यस्तो टीप्पणी गरेका हुन् । अहिले कोभिड–१९ बाट विश्वका एक करोड ६४ लाख भन्दा धेरै व्यक्ति सङ्क्र’मि’त भएको अवस्थामा उनको यस्तो टिप्पणी आएको हो । कोभिड–१९ बाट हालसम्म छ लाख ५३ हजार भन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन् । उनका अनुसार कोभिड–१९ को म’हा’मा’रीले अझै प्रवेग पाउनेछ, पछिल्लो छ सातामा मात्रै स’ङ्क्र’मि’त हुनेको संख्या दोब्बर भएको छ ।

याे पनिः भदौ दोस्रो साताबाट सञ्चालन हुने परीक्षाको रुटिनबारे आयो यस्तो अपडेट काठमाडौं । त्रिविका रोकिएका सबै परीक्षाको कार्यतालिका सात गते (भोलि) सार्वजनिक हुने भएको छ । लकडाउनका कारण रोकिएको परीक्षा सञ्चालन गर्ने तयारीमा रहेको त्रिविले कसरी गर्ने भन्ने बारे बहस गरिरहेको छ ।

यो बीचमा त्रिभुवन विश्वविद्यालले कोरोना संक्रमणको अवस्था यथास्थितिमा रहिरहेमा लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन गर्ने तयारी थालेको खुल्न आएको छ ।

त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको आइतबार बसेको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाको सङ्क्रमण र लकडाउनको अवस्था हेरेर सम्बन्धित डिन कार्यालयले सम्भव भए परम्परागत विधिबाटै र नभए अन्य विकल्प प्रयोग गरेर परीक्षा सञ्चालन गर्न सक्ने शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ र सरकारले गर्ने लकडाउनलाई हेरेर परीक्षा कसरी गर्ने भन्ने निर्णय सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय सञ्चालन गर्नेछ ।

शिक्षाध्यक्ष प्राडा। भुसालले भन्नुभयो,‘अवस्था वर्तमान कै कायम भएमा सामाजिक दुरी कायम गरेर परम्परागत विधिबाट असामान्य भएमा आन्तरिक मूल्यांकन, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा सञ्चालन हुने छ ।’ पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीक्षा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छ । सबैको जानकारीका लागि सेयर गर्नुहोस !!