Jagaran Nepal सोमबार, साउन १२, २०७७

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीमा साउन ७ गते छुट्टै उमंग थियो । अन्य दिनभन्दा सवेरै उठेर उनले गाउँ चहारे । सुतेउनको योजना थियो– स्यार्पुतालमा माछा मार्न जाने । वर्षाको समयमा बिहान धेरै माछा मार्न सकिन्छ । यसैले पनि अनिल साथीहरुलाई छिटो गर्न भनिरहेका थिए । १२/१५ जना साथीहरु भेला भएपछि झोलामा रोटी बोकेर माछा मार्न स्यार्पुतालको ५ नम्बर वडातर्फको क्षेत्रमा पुगे । स्यार्पुतालमा मिसिने खारखोलामा माछाका आहारा किरा खोज्ने र त्यही तालमा खोला मिसिएको ठाउँ आसपास माछा मार्ने योजनामा अनिल र उनका साथीहरु त्यहाँ पुगेका थिए ।

तर,न त्यहाँ मारिएका माछा उनीहरुले खान पाए,न घरसम्म ल्याउन पाए । खान भनि घरबाट लगेका रोटीसमेत खान पाएनन् । बिहान उमंगमा गएको छोरालाई परिवारले देख्नसमेत पाएनन् । अनिल एक्लो छोरा थिए घरका । बाबु ७० वर्ष पुगेका छन्, तीनजना दिदीबहिनी । आमा सानो उमेर छँदै बितिन् । परिवारका सबै सदस्य विक्षिप्त छन् । अनिलसँगै माछा मार्न गएका अर्जुन भनेर चिनिने २३ वर्षीय लोकबहादुर घर्तीको घरमा पनि उस्तै बज्रपात परेको छ ।का साथीलाई उठाए । उनीहरुलाई तयार हुन भने । उनी आफू पहिल्यै तयार भइसकेका थिए ।

डेढ वर्षीय छोराका बाबु लोकबहादुर त माछा मार्न भनी हिँडिसकेपछि बाटैबाट फर्केर समेत आएका थिए । तर, फेरि साथीभाईको सल्लाहमा गएका थिए । घर आएर उनले श्रीमतीलाई ‘आज जाँगर लागेन, जान्न’ पनि भनेका थिए । पछि फेरि साथीभाईको आग्रहमा फेरि स्यार्पुताल हिँडेका थिए । दोहोर्‍याएर गएका उनी आखिरीमा फर्केरै आएनन् ।

२० वर्षीय अनिल र २३ वर्षीय लोकबहादुर दाजुभाइका छोरा हुन् । उनीहरुसँगै माछा मार्न गएका साथीहरुका अनुसार त्यस दिन स्यार्पुताल पुगेपछि कोही बल्छी थापेर माछा मार्न थाले त कोही माछाका आहारा खोज्न थाले । स्यार्पुतालमा मिसिने खारखोला वरपर पाइने किरा माछाले खाने भएकाले उनीहरु किरा र गड्यौला खोज्न थाले । कोही तालमा पौडी खेल्न थाले ।

उनीहरुसँगै गएका गाउँकै १५ वर्षीय बालक कमल तालमा पौडी खेलिरहेका थिए । पौडी खेलिरहेका कमल एक्कासी ‘मलाई गाह्रो भयो’ भनेर कराउन थाले । उनी चिच्याएको सुनेर अनिल तालमा पसे । अनिलले कमललाई तानेर तालको किनारतिर ल्याउँदै शशी पुनलाई जिम्मा लगाए । कमललाई तानेर शशी तालबाट निस्किए । तर, अनिल भने निस्किन सकेनन् ।