Jagaran Nepal आइतबार, साउन ११, २०७७

काठमाडौं । चीनको उत्तरपूर्वी सहर तियानजिनमा कनसिन बायोलोजिक्सले एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजसँग मिलेर काेराेना भाइरसविरुद्धकाे खाेप बनाएकाे छ । अब यसको क्लिनिकल परीक्षणका लागि स्वयंसेवीको खोजी सुरु भएको छ । हुबेई सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जुन खोपका लागि परीक्षण गर्न लागिएको छ, त्यो अन्त्यन्त सुरक्षित रहेको र यसबाट संक्रमणको कुनै खतरा नरहेको दाबी गरेको छ ।

चीनमा परीक्षणका लागि खोजी गरिएको स्वयंसेवीको बारेमा अमेरिकाले परीक्षण गर्ने भनेको एक दिनपछि घोषणा गरिएको हो, एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले खबर छापेको छ । चीनले जुन खोपका लागि काम गरिरहेको छ, त्यसमा मेसेन्जर रिभोलुक्निक एसिड अर्थात् एमआरएनए प्रविधि भाइरसको जनेटिक कोडको नक्कल हो यसको परीक्षण मानिसमा गर्न स्वीकृति मिलेको छ ।

अप्रिलमा यसको परीक्षण हुने आशा गरिएको छ । हुबेईका सीडीसीले भनेको छ, ‘परीक्षणका लागि १८ देखि ६० वर्षसम्मकाका स्वयंसेवीको आवश्यकता छ, जो कुनै पनि किमिसका कोरोना भाइरसको संक्रमण नभएको होस् ।’