Jagaran Nepal आइतबार, साउन ११, २०७७

एजेन्सी । धेरै महिनादेखि मानिसहरूको ज्यान लिँदै आएको कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि बनाउन सकेको छैन। यसैबीचमा अक्सफोर्ड विश्वविद्यालयले केही आशाको किरण भने दिएको छ। अक्सफोर्ड विश्वविद्यालयमा कोरोनाको सफल औषधि तयार गरिएको दाबी गरेको छ।

यो भेक्टर चीनो–एडेनो भाइरसबाट निकालिएको यसले हानी नगर्ने बताइएको छ। जब यो ChAdOx1 एक व्यक्तिको शरीरमा प्रवेश गर्दछ, यसले विशेष प्रकारको प्रोटीन बनाउँदछ। र यस पछि, मानव शरीरमा कोरोना लड्ने एन्टिबडीहरू उत्पादन हुनेछ।

खोप लगाईएको व्यक्तिलाई सकारात्मक प्रभाव पारिएको एक रिर्पोटले देखाएको छ। सो रिर्पोटका अनुसार एक खुराक दिए पछि एन्टिबडीहरू शरीरमा गठन गर्न थाल्छ र टि–शेल पनि बनाउँछ । वास्तवमा टि–शेलहरूले लामो समयसम्म काम गर्छ र पुनः संक्रमण भएपछि तिनीहरू फेरि भाइरससँग लड्न तयार हुन्छन् शरीरमा पसेपछि यी प्रोटीनहरूले कोरोनामा एन्टिबडीहरू बनाउन थाल्छन्।

खोप सेप्टेम्बरसम्म आउन सक्ने अक्सफोर्ड विश्वविद्यालयले दाबी पनि गरेको छ । आउँदो तीन महिनामा कोरोनाको औषधिको बारेमा सम्पूर्ण संसारको लागि सबैभन्दा ठूलो खुशीको खबर आउन सक्ने बताइएको हो। हाल सबै मानिसहरू कोरोना भाइरसको औषधीको लागि पर्खिरहेका छन्।