Jagaran Nepal शनिबार, साउन १०, २०७७

काठमाडौं / महिलाहरुले आफुलाई फिट राख्नको लागि अनेक मेहनत गर्छन । महिलाहरु आफू सुन्दर हुनका लागि ब्युटिपार्लर जान्छन् । फेसियल, स्क्रब र विभिन्न खाले अनेक उपाय अपनाउँछन् । आफ्नो स्वास्थ्यको लागी महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन् ।

तर, आफ्नो स्त’नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अनभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिदैन । स्त’न मसाजमात्रै यौ’न सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्यनबाट खुल्न आएको छ ।

जब महिलाहरुले कसिलो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लिम्फैटिक फ्लुइडको काममा रोकावट आउँछ । जसले गर्दा ब्रेस्ट र अन्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइडलाई फेरी स्टिम्युलेट गर्नका लागि स्त’न मसाज गर्नु आवश्यक छ ।

कहिलेकाहीं स्त’नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन । पछि त्यही गाँठो विस्तारै क्यान्सरमा परिणत हुन्छ । नियमित स्त’न मसाज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खतराबाट बच्न सहज हुन्छ ।

बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्त’न मसाज गर्नु बढी फाइदाजनक हुन्छ । यस्तै, नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्त’न माथी गोलाकारमा मसाज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने स्त’नलाई तातो तौलिया राखेर हल्का तातो गनुहोस् , मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथी र तलको दिशामा पनि गर्नुपर्छ ।

यति नै भन्ने छैन तर १० देखि १५ मिनेट हरेक दिन सुत्नु भन्दा पहिले दुध माड्नु लाभदायक हुन्छ । दुध माड्दै यौ’न सम्पर्क गर्दा पनि धेरै कुराको लाभ हुन्छ । एजेन्सी

स्लिम र फिट कसरी हुने ? यस्तो छ सरल काइदा

अस्वस्थ जीवनशैली र खानपानको गलत तरिकाको कारण आजभोलि धेरै मानिसहरु मोटोपनाको शिकार भएका छन् । मोटोपनाको कारण शारीरिक बनावट भद्दा देखिन्छ । यस्तै मोटा मानिसहरुले विभिन्न स्वास्थ्य समस्या समेत झेल्नुपर्छ । यसकारण धेरैले आफ्नो तौललाई नियन्त्रण गरेर स्लिम र फिट रहन चाहन्छन् ।

यदि तपाइर्ं पनि मोटोपनाको समस्याले चिन्तित हुनुभएको छ र विभिन्न प्रयास गर्दा पनि तौल कम गर्न असफल हुनुभएको छ भने अब चिन्ता नगर्नुहोस् । आफ्नो प्रयासहरुमा थोरै मात्रै परिवर्तन गर्नुभयो भने तपाईंले आफूले चाहेको जस्तो परिणाम देख्न सक्नुहुन्छ ।

तौल कम गरेर आकर्षक र छरितो देखिन निम्न कुराहरुमा ध्यान दिन सकिन्छ ।

स्वस्थ खानपान र पर्याप्त व्यायाम

सबैभन्दा पहिले तौल धेरै हुनुका २ कारणहरु हुन्छन् भन्ने बुझ्नपर्छ । पहिलो, हामी जंक फुड धेरै खान्छौं र दोस्रो, हामी वर्कआउट वा शारीरिक व्यायाम गर्दैनौं ।

धेरै क्यालोरी हुने चिल्लो, मसालेदार, तारेको खानेकुराहरु खाने तर पर्याप्त शारीरिक व्यायाम नगरेपछि शरीरमा क्यालोरी जम्मा हुन्छ र मानिस मोटाउन थाल्छन् । त्यसैले स्वस्थ र सन्तुलित खानाहरु मात्रै खाने गरौं ।

त्यस्तै आजभोली हामी प्रविधिका गुलाम भएका छौं र जे काम गर्न पनि प्रविधिको भर पर्छौं । हामी शारीरिक श्रम गर्दैनौं । मोटोपनाले सताएपछि मात्रै हामी शारीरिक रुपमा धेरै सक्रिय हुने प्रण लिन्छौं तर, एक दुई दिन पछि नै फेरि अल्छी भैहाल्छौं ।

यदि तपाईं आफ्नो मोटोपना घटाएर स्लिम र फिट रहन चाहनुहुन्छ भने घरको काम हरु गर्ने र कम्तीमा पनि दिनको १० हजार कदम हिँड्ने बानी बसाल्नुहोस् । यस्तै छोटो दुरीको लागि गाडी, स्कुटी वा बाइक प्रयोग नगरौं ।

फिटनेशको कुनै सर्टकट शुत्र हुँदैन

फिटनेशको कुनै सर्टकट शुत्र हुँदैन । तपाई मोटोपना घटाउन चाहनुहुन्छ भने तपाईले पसिना बगाउनै पर्छ । नियमित जिम जानुहोस् र वेट ट्रेनिङको प्राक्टिस गर्नुहोस ।

आवश्यक परेमा पर्सनल ट्रेनर लिन नहच्किनुहोस् किनभने उनीहरु तपाईंको सामथ्र्यलाई हेरेर तपाईंसँग फ्लोरमा सही एक्सरसाइज गराउन सक्छन् । उनीहरुलाई सहि तरिकाले व्यायाम कसरी गर्ने भन्ने ज्ञान हुन्छ ।

उनीहरुले तपाईलाई राम्रोसँग ट्रेन गर्दै उत्साहित गराउँछन् । तपाई जब एक राम्रो प्रशिक्षकको साथमा काम गर्नुहुन्छ भने उनीहरुले तपाइर्ंको खानपान र व्यायाममा पनि उनी उचित ध्यान दिन्छन् । तपाईंले उनीहरुबाट धेरै सिक्न सक्नुहुन्छ ।

आफ्नो आहारमा प्रोटिन धेरै लिनुहोस् । धेरैजसो नेपालीमा प्रोटिनको कमी रहन्छ । प्रोटिनयुक्त खाना खानाले धेरै समयसम्म तपाईंको पेट भििरएको जस्तो लाग्छ । तपाई धेरै राम्रोसँग एक्सरसाइज गर्न पाउनुहुन्छ । जसले तपाईको उद्देश्यलाई राम्रोसँग पुरा गर्न मद्धत गर्छ ।

बिस्तरामा गएपछि आफ्नो दिमाग फोनमा नअल्झाउनुहोस् । सुत्ने समय हातमा फोन लिनाले तपाईको सुत्ने समय प्रभावित हुन सक्छ । निन्द्रा डिस्टर्ब गर्नुमा फोनको ठूलो हात हुन्छ भन्ने तपाईलाई थाहा नहुन पनि सक्छ ।

सुत्न ढिलो भयो वा निन्द्रा लागेन भने आफ्नो फोन अन्तै राखेर केवल सुत्नमा आफ्नो ध्यान केन्दि्रत गर्नुहोस् ।

फिटनेश मोडलहरुको नक्कल नगर्नुहोस्

इन्स्टाग्राममा सिकाइने फिटनेसमा धेरै भर नपर्नुहोस् । यसमा सत्यता धेरै कम हुन्छ र झुट धेरै हुन्छ । त्यसैले आफ्नो स्वास्थ्य राम्रो बनाउन ध्यान दिनुहोस् र आफ्नो तर्फबाट कोसिस गर्नुहोस् ।

कुनै फिटनेस मोडलको नक्कल नगर्नुहोस । उनीहरुमा धेरैले स्टेराइड लिन्छन र तपाईं यसबाट टाढा रहनुपर्छ । शान्त रहनुहोस र जीवनमा व्यवहारिक भएर तौल घटाउने वास्तविक प्रयास गर्नुहोस् ।

मोडल वर्षौंदेखि फिटनेसको ट्रेनिङ लिइरहन्छन र अधिकांश मोडल वर्षभरी स्टेराइड लिन्छन् । उनीहरुको फिगर नै उनीहरुको पहिचान हो भन्ने सम्भिmनुहोस् र २ महिनामै कुनै मोडल जस्तो फिगर पाउने आशा नगर्नुहोस् ।

त्यसैले सामाजिक सञ्जालमा देखिने मोडलहरुको नक्कलमा आफ्नो इनर्जी नलगाउनुहोस् ।

अव्यवहारिक लक्ष्य नलिनुहोस्

आफ्नो तौल कम गर्न र फिटनेसमा ध्यान दिन चाहनुहुन्छ भने ती मानिसको वरिपरि रहनुहोस् जो फिटनेसलाई गम्भिरतापूर्वक लिन्छन् । अनूभवी र तालिम लिएका साथीहरुले यसमा कुरा गर्छन । उनीहरुको विश्वास गर्नुहोस् जसले तपाईलाई फाइदा हुन्छ ।

फिटनेसको सौखिनले आफ्नो साथीहरुलाई आफ्नो तौल कम गर्ने संकल्प बताउँछन् । उनीहरुसंग तपाईंले मद्धत माग्नुहोस् र फिटनेसको सौखिन साथीहरुले तपाईको कस्तो मद्धत गर्छ हेर्नुहोस् । रमाईलो गर्दागर्दै स्लिम र फिट हुँदै जाने मजा लिनुहोस् ।

एउटा समय तय गर्नुहोस् । व्यवहारिक रुपले सोचेर अव्यवहारिक समयसीमा सेट नगर्नुहोस् । २ हप्तामा १५ किलोग्राम तौल कम गर्नु छ भनेर नसोच्नुहोस् किनभने यस्तो सोच निरर्थक छ ।

यस्तो लक्ष्य प्राप्त नभएको अवस्थामा तपाईको निराशा बढ्ने छ र फिटनेसको सबै उत्साह सकिन्छ किनकी यस्तो लक्ष्य अव्यवहारिक छ ।

बेलायती प्रमको सुझावः कोरोनाभाइरसलाई हराउनु छ भने साइकल चलाएर अफिस जानुहोस्

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले तौल बढी भएका आफ्ना नागरिकले नोभेल कोरोनाभाइरसको संक्रमणलाई हराउनका लागि आफ्नो प्रतिरोधी क्षमता विकसित गर्नुपर्ने सुझाव दिएका छन् । यस हप्ता, विशेषज्ञले तौल बढी भएका मानिसहरु कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेको र संक्रमण रहेको खण्डमा उनीहरुमा मृत्युदर पनि बढि हुने बताएका छन् । तौल कम गर्नका लागि जोनसोनले आफ्ना नागरिकलाई साइकल चलाएर अफिस जान आग्रह गर्नेछन् ।

जोनसोनले जारी गर्ने यस्तो सुझाव नयाँ सरकारको रणनीति अनुसार हो जसमार्फत् भाइरसको संक्रमणको प्रभाव कम गर्न प्रयास जारी छ । यसमार्फत्, बालबालिकाका लागि जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ भने रेष्टुरेन्टको मेन्यूमा क्यालोरीको मात्रा पनि लेख्न आदेश दिइएको छ ।

‘सक्रिय यात्रा’ -हिँड्नु, साइकल चलाउनु जस्ता क्रियाकलापले तौल घटाउन सहयोग गर्ने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।

सात युरोपेली शहरमा अध्ययन गरिएको एक शोधमा दैनिक रुपमा साइकल चलाउँदा बडी मास इन्डेक्स सबैभन्दा कम स्तरमा हुने बताइएको छ ।

गत मेमा जोनसनले बेलायतको संसदमा निकट भविष्य साइक्लिङका लागि नयाँ स्वर्ण युग हुनुपर्ने बताएका थिए ।

ह’त्यारा प’क्राउ पर्न न’सक्नुको कारणबारे निर्मलाकी आमा ले खोलीन् यस्तो रहस्य –

कञ्चनपुर, ११ साउन । झन्डै एक दर्जन अनुसन्धान टोली खटियो । आधा दर्जनभन्दा बढी अनुसन्धान अधिकृत फेरिए । यो अवधिमा कञ्चनपुर प्रहरी प्रमुख एसपी पनि चार जना फेरिए । एक वर्षसम्म निरन्तर विभिन्न किसिमका आ’न्दोलन र द’बाबमूलक कार्यक्रम चलिरहे । तर, ब’ला’त्का’रपछि ह’त्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका ह’त्यारा अझै पत्ता लाग्न सकेका छैनन् । घ’टनाको दुई वर्षसम्म पनि अनुसन्धान जहाँको त्यहीं छ ।

निर्मलाको न्यायका लागि भनेर सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाले ज्या’न गुमाए, एक द’र्जनभन्दा बढी घा’इते भए । कतिपयको अहिले पनि उपचार भइरहेको छ । ‘दुई वर्ष भइसक्यो, प्रहरीले अहिले पनि अनुसन्धान भइरहेको छ मात्रै भन्छ,’ शनिबार निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘साँच्चै अनुसन्धान गरेको भए अहिलेसम्म अ’पराधी प’त्ता लाग्नुपर्ने हो ।’

उनलाई प्रहरीले अहिले पनि सही ढंगले अनुसन्धान गरिरहेको अनुभूति भएको छैन । उनी घ’टनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय धाउ’ने गर्छिन् । ‘आज पनि गएकी थिएँ,’ उनले भनिन्, ‘तर एसपी–डीएसपी कसैलाई पनि भेटिनँ, फोनमै कुरा भयो ।’ प्रहरीले घ’टनाका मुख्य दोषी भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलीप विष्टका नाममा दुर्गादेवीले एक वर्षअघि कि’टानी जाहेरी दिएकी थिइन् । विष्टमाथि पनि थप अनुसन्धान हुनुपर्ने उनको माग छ ।कान्तिपुर दैनिकमा खबर छ ।

विगतमा आ’न्दोलन र वि’रोधका कारण अनुसन्धानमा केही स’मस्या भए पनि हाल स्थानीयले साथ दिँदा सहज भएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले बताए । ‘हालसम्म नयाँ डेभलप त केही भएको छैन,’ उनले भने, ‘अनुसन्धान विगतको भन्दा सहज बन्दै गएको छ, यही आधारमा विभिन्न आयामबाट अनुसन्धान गरिरहेका छौं ।’ जिल्ला प्रहरीको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धान गरिरहेको छ ।