Jagaran Nepal आइतबार, साउन ११, २०७७

केहि मानिसलाई कडा मेहनतपछि पनि सुख शान्ति प्राप्त हुँदैन । जो मानिस कालाई बोझ मानेर गर्दछ, उसको मन अशान्त नै रहन्छ । यो सम्बन्धमा एक लोककथा प्रचलित छ ।

प्राचिन समयमा एक राज्यमा अकाल पर्यो । त्यहाँका राजालाई धेरै नै नोक्शानी भयो । उनलाई प्रजाबाट लगान मिलेन । राज्य चलाउनको लागि राजाको धनपनि बचेको थिएन । राजालाई यो चिन्ता थियो कि छिमेकी राजाले कतै हमला त गर्दैनन् ! राजाले एक पटक आफ्ना केहि मन्त्रीलाई उनको विरुद्ध षडयन्त्र रच्दै गरेको पक्रेका पनि थिए ।

यो सारा समस्याका कारण राजा रातभर जाग्दथे, उनको निन्द्रा उडेको थियो । राजालाई पकवान दिएपनि खाँदैनथिए, भोक लाग्दैन थियो ।

राजाको शाही बागको एक माली थिए । राजा दैनिक उसलाई हेर्दथे, उ प्याज र चटनीसँग रोटि खान्थ्यो र जहिल्यै खुसी रहन्थ्यो ।

राजाले यो कुरा आफ्ना गुरुलाई बताए । तब गुरुले भने— यदि तपाईंलाई चौकिदारीको नोकरी बढी राम्रो लाग्दछ भने यो राज्य मलाई दिनुहोस र तपाईं मेरोमा नोकरी गर्नुहोस् । म त साधू हुँ आश्रममा रहन्छु, तर यो राज्य चलाउनको लागि मलाई एक नोकर चाहियो । तपाईं पहिलेजस्तै महलमा रहनुहोस् । राज सिंहासनमा बस्नुहोस र राज्य चलाउनुहोस, यहि तपाईंको नोकरी हुनेछ ।

राजाले यो कुरा सुनेर खुसी भए र उनका गुरुको कुरा माने । त्यसपछि उनी आफ्नो काम नोकरी जस्तै गर्न लागे । फरक केहिपनि थिएन, काम त्यहि थियो, तर राजा जिम्मेदारी र चिन्ताबाट ग्रसित भएका थिएनन् । केहि महिनापछि उनका गुरु आए । उनले राजासँग सोधे— अहिले तपाईंलाई भोक लाग्छ ? निन्द्रा आउँछ कि आउँदैन ?

राजाले भने— मालिक अहिले धेरै भोक लाग्छ र आरामसँग सुत्छु । गुरुले राजालाई सम्झाए कि सबैकुरा पहिलेको जस्तै छ तर पहिले तपाईंले जुन कामलाई बोझ सम्झनुभएको थियो अहिले कर्तव्य सम्झनुभएको छ । हामी यो जीवन कर्तव्यलाई पूरा गर्नको लागि भेट भएका हौँ । कुनै चिजलाई बोझ सम्झेर लाद्नको लागि भेट भएका होइनौँ । काम कुनैपनि होस, चिन्तालाई त्यसलाई झनै कठिन बनाइदिन्छ । जुन कामपनि गर्दा कर्तव्य सम्झेर नै गर्नुपर्दछ । यो कुरालाई ध्यान दिन सके हाम्रो जीवनमा सुख-शान्ति आइरहन्छ । प्रचिन कथा संग्रहकाे सहयाेगमा