Jagaran Nepal आइतबार, साउन ११, २०७७

गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको सङ्गीतकार अर्जुन पोखरेलले रातोपाटीलाई जानकारी दिए ।एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।

यो पनि भक्तपुरमा गुन्जिए स्वर्गीय अरुण थापाका दर्जन गीत

भक्तपुर– स्वर्गीय गायक अरुण थापाको २१ औं स्मृति दिवस सोमबार भक्तपुरमा एक कार्यक्रमसहित आयोजना भयो । शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुति एवम् भक्तपुर सांगीतिक समाजको आयोजना रहेको उक्त कार्यक्रम विषम परिस्थिति भएकोले यसपटक सामाजिक दूरी कायम गरि सोशल मीडियाबाट प्रत्यक्ष प्रसारण गरेर गरिएको थियो ।

कार्यक्रममा भक्तपुरका स्थानिय कलाकारहरु गौतम श्रेष्ठ, बिनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्रलाल कर्माचार्य, गंगाराम रंजीतकार, प्रबिन शाही, सहकूल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्बश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय अरुण थापाका करोडौं मुटुहरुको एउटै, चोट के हो, जति माया लाए पनि, म रोए पनि, दोष कसैलाई दिन चाहन्न, आँखाको नीद, ऋतुहरुमा तिमी, लाग्न थाल्यो जीवनमा, साँझको जुनसँगै लगायत ९ वटा लोकप्रिय गीत म्युजिकल ट्रयाकमा प्रस्तुत गरेका थिए ।

कार्यक्रम गीतकार सुवासचन्द्र ढुङ्गेल, आयोजक संस्थाका सल्लाहकार तथा प्राज्ञ ध्रुव मधिकर्मी लगायतको उपस्थिति रहेका कार्यक्रममा दर्शक सहभागिता गराउन नपाउँदा आयोजकले संगीतप्रेमीसँग क्षमायाचना मागेको थियो । क्यान्सर रोगका कारण ४७ वर्षको उमेरमा आजभन्दा २१ वर्षअघि साउन ५ गते निधन भएका अरुण थापाका गीतहरु सँधैं अमर छन् । शुभारम्भ द म्युजिकल जर्नीले भक्तपुर सांगीतिक समाजसँग सहकार्य गरेर गायक अरुण थापालाई स्मरण गरेर कार्यक्रम आयोजना गरेको यो तेस्रो पटक हो ।

Email: [email protected]ail.com