Jagaran Nepal आइतबार, साउन ११, २०७७

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

देशका बाँकी भागमा आज दिउँसो आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पदेश १ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले बाँकी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । यसैबीच, काठमाडौंमा आज दिनभर सामान्य वर्षाको सम्भावना रहेको विभागकी मौसम विद् शान्ति कँडेलले जानकारी दिइन् ।

नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७७-०४-११, सांझ ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):- देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ ।हालको मौसमको अवस्था (Present Weather Status): देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १० गते (शनिबार) राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।साउन ११ गते (आईतबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन १२ गते (सोमबार) दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।