Jagaran Nepal शनिबार, साउन १०, २०७७

काठमाडौं । चीनको वुहानबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट अहिले सारा विश्व नै आक्रान्त बनेको छ । विश्वभर अहिलेसम्म १ करोड ५९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ६ लाख ४१ हजार ८६८ पुगेको छ।

दुखको कुरा त के भन्दा अहिलेसम्म प्राणघातक कोरोनाबिरुद्धको ठोस औसधि पत्ता लाग्न सकेको छैन । यस्तैमा बेलायतका वैज्ञानिकहरुले कोरोना भाइरसले रुप परिवर्तन गरिरहेको महत्वपुर्ण खुलासा गरेका छन् ।

कोरोना भाइरसमा हुने यस परिवर्तनले मानवलाई खोप बनाउन मद्दत मिल्न सक्ने वैज्ञानिकहरुले दावी रहेको छ । वैज्ञानिकहरुले गरेको एक नयाँ शोधबाट नयाँ कोरोना भाइरसका केही म्युटेशन मानवको इम्युनिटी सिस्टमसँग सम्बन्धित त्यो प्रोटिनबाट दिशा निर्देशित छ भनिएको छ । जानकारी अनुसार उक्त तत्वले म्युटेशन सिस्टमलाई कमजोर बनाउन सहयोग गर्छ । तर भाइरस यसको विरुद्ध पुन सक्रिय हुन सक्ने वैज्ञानिकहरुले चेतावनी पनि दिएका छन् ।

यो खोजले कोरोना भाइरस समाप्त पार्न नयाँ खोप तयार गर्नमा सहयोगी हुन सक्ने उनीहरुको विश्वास रहेको छ । बेलायतको युनिभर्सिटी अफ बाथका एलन राइस सहित अनुसन्धानकर्ताहरुका अनुसार जब सबै जीवधारी उत्परिवर्तन अर्थात रुपमा परिवर्तन हुन्छ , त्यसबेला यो प्रक्रिया सामान्य रुपमा आकस्मिक हुने गर्छ । तर कोरोना भाइसरको सन्दर्भमा म्युटेसनको प्रक्रिया आकस्मिक नहुन सक्छ ।

उनले मानव यसलाई कमजोर गर्नका लागि रक्षा तन्त्रका रुपमा म्युटेस अध्यन गरिरहेको बताएका छन् । कोरोना भाइरससँग सम्बन्धित यो अध्ययन चर्चित अखबार मलेक्युलर बायोलोजी एन्ड इभोल्युसनमा प्रकाशित भएको छ । उक्त खोजमा वैज्ञानिकहरुले विश्वभरी १५ हजार भन्दा धेरै भाइरस जीनोमको आंकलन गरि ६ हजार अधिक म्युटेसनको पहिचान गरिएको बताएका छन् ।

युनिभर्सिटी अफ बाथका मिलनर सेन्टर फर इभोल्युसनका निर्देशक लरेन्स हस्र्टले भने, ‘हामी भाइरसको उत्परिवर्तन गरि यसमा हमला गरिरहेका छौ ।’ अनुसन्धानकर्ताहरुले अस्तित्वका लागि प्रयत्नको सिद्धान्त अनुसार कोरोना भाइरस उत्परिवर्तन प्रक्रिया विरुद्ध पुनः सक्रिय भएको बताएका छन् ।