Jagaran Nepal शनिबार, साउन १०, २०७७

काठमाडौं । दुई चर्चित बलिउड अभिनेत्रीहरु गम्भीर प्रकरणमा फसेका छन् । भारत महाराष्ट्रको मुम्बई प्रहरीले बलिउडका चर्चित अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणलाई बोलाउने बताएको छ । उनीहरुमाथि सामाजिक सञ्जालमा नक्कली फ्यान बनाएको आरोप लगाइएको छ ।

विभिन्न संगठनहरूले गरेको अनसन्धानमा नक्कली फ्यान अर्थात फलोअर्स भएका सेलिब्रेटीमा पादुकोण र चोपड़ा शीर्ष १० स्थानमा रहेका छन् । यसै सम्बन्धी प्रहरीले उनीहरुलाई प्रश्न गर्ने भएको हो ।

गत हप्ता मुम्बई पुलिसले एक जना मानिसलाई पक्राउ गर्‍यो जसले बलिउड प्लेब्याक गायक भूमि त्रिवेदीको नक्कली प्रोफाइल बनाएका थिए । पक्राउ परेका व्यक्तिले आफूले बलिउडका ठूला सेलिब्रेटिहरुको सामाजिक सञ्जाल खातामा फलोअर्स बढाउने काम गर्दै आएको जनाएका छन् ।

एक कोरियोग्राफर यस पासोमा परेर सो नक्कली अकाउन्टका मानिसलाई पैसा दिए । तर केही समय पछि उसले केही गलत भएको महसुस गर्यो । ती कोरियोग्राफरले भूमीलाई सम्पर्क गरेपछि मात्र फेक अकाउन्ट भएको पत्ता लागेको थियो । यसपछि भूमीले मुम्बई पुलिसमा उजुरी गरेकी थिइन् ।