Jagaran Nepal बिहिबार, साउन ०८, २०७७

काेराेनाकाे माहा-मा-रीले गर्दा बच्चाहरूलाई अनलाइन अध्ययन गर्न स्मार्टफोन चाहिन्छ, तर एक गरिब र विवस बाबु जसले आफ्नो बच्चालाई अनलाइन पढाउन ठूलो सकस भोग्नु पर्यो । ऋण माग्दा नपाएपछि उनले दुहुनो गाई नै बेच्नु पर्यो। यसले गरिबीबीच बच्चा पढाउन बाबु आमाले भोग्नु पर्ने दुखलाई दर्शाउँछ ।

गाई त्यो परिवारको लागि आयको एक मात्र माध्यम थियो । तर विवस बाबुले छोरो पढाउन आफ्नो गाई बेचेर स्मार्टफोन खरीद गरे । गाई १० हजार रुपैयाँमा मात्र बिक्री भयो। अब उनको बच्चाहरूले अनलाइन कक्षा गर्न सक्दछन् तर त्यो परिवार कसरी बाँच्दछ भनेर थाहा छैन ।

द ट्रिब्यून वेबसाइटको समाचारका अनुसार कुलदीप कुमार हिमाचल प्रदेशको पामपुर जिल्लाको ज्वालामुखीको गुम्मर गाउँमा बस्छन् । मार्च पछि लकआउट भएदेखि स्कूलहरू बन्द गरिएका छन्। त्यसबेलादेखि कुलदीपका बच्चाहरू घरमा थिए। उनका बच्चाहरू अन्नु र दीपु कक्षा ३ र कक्षा २ मा अध्ययन गर्छन्।

स्कूलमा अनलाइन कक्षा सुरु हुने बित्तिकै कुलदीपमाथि स्मार्टफोन खरीद गर्न दबाब आयो। ताकि बच्चाहरू यसको मार्फत आफ्ना पढाइ जारी राख्न सकून् ।एक महिनासम्म कुलदीपले मान्छेहरुबाट १० हजार रुपैयाँ ऋण माग्दै रहे तर कसैले उसलाई सहायता गरेन । उनी बैंकमा गयो र धेरै निजी ऋणदाताहरुसँग पनि गए। तर उनको गरीबी देखेर कसैले उनलाई १० हजार रुपैयाँ ऋण दिएन।

स्कूलका शिक्षकहरूले भने कि यदि बच्चाहरू आफ्नो पढाइ जारी राख्न चाहन्छन् भने स्मार्टफोन खरीद गर्नुहोस् । त्यतिखेर मसँग एक हजार रुपैयाँ पनि थिएन। म १० हजार रुपैयाँको फोन कहाँ बाट ल्याउने ? यो मेरो लागि धेरै गाह्रो काम थियो।

जे भए पनि, उनले कहिँबाट पनि कुनै सहयोग प्राप्त गरेनन्, त्यसैले आफ्नो गाईलाई १० हजार रुपैयाँमा बेचे। त्यो पैसाको साथ, उनले बच्चाहरूको लागि स्मार्टफोन ल्याए। ताकि बच्चाहरूले आफ्नो पढाइ जारी राख्न सकुन् ।

भारतीय भन्छन् ‘सिमाना खोलौं’ : नेपाली भन्छन् ‘नेपाल-भारत सिमा अझ कडाइका साथ सिल गरौं’: नेपालगन्ज । कोरोना फैलन नदिन सरकारले गरेको लकडाउन र सिमा नाका बन्द भएका कारण भारतीय सिमावर्ती वजारको ब्यापार चौपट भएको छ । नेपाली ग्राहकको भरमा चलेको ब्यापार सिमा बन्द भएका कारण चौपट भएको हो । ब्यापार बन्द भएका कारण आर्थिक नोक्सानी भोग्दै आएका सिमानाका ब्यापारीहरुले सिमानामा लगाएका सिल हटाउन माग गरेका छन् ।

बाँकेको नेपालगन्ज सिमानामा रहेको भारतीय वजार रुपैडिहाको ९० प्रतिशत ब्यापार नेपाली ग्राहकले धानिदिएका छन् । कतिपय ब्यापारीहरुको नेपाल र भारत दुवै तिर पसल छन् । नेपाल भारत सीमा नाका पुर्ण रुपमा सिल भएपछि नेपाल भारत सीमा क्षेत्रको भारतीय रुपैडिहा बजार प्रभावित भएको छ ।

पूर्णरुपले नेपाली ग्राहकको कारण चलेको सो बजारमा गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण नेपाली ग्राहक रुपैडिहा जान नपाउदा रुपैडिहाको ब्यावसाय अत्यन्तै प्रभावित भएको हो ।

लकडाउनको बेलामा किनमेलको लागि रुपैडिहा जान नपाउने भएपछि नेपालीहरु आफ्नै ठाउँमा किनमेल गर्दै आएका छन् । नेपालगन्जको ब्यापार चल्न थालेपछि गुणस्तरीय सामान समेत पाउन थालिएको छ । यसले ब्यापारी र ग्राहक दुवै खुसी छन् । त्यसैले अब नेपाल भारत सिमालाई अझ बढि कडाईका साथ बन्द गर्नुपर्ने नेपालगन्जका ब्यापारीहरुले बताएका छन् । यो हाम्रो लागि राम्रो अवसर पनि हो सीमा अझै कडा पारीनु पर्छ नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना भन्छन् ।

उनले मानिसहरुमो रुपैडिहामा सस्तो सामान पाईने भ्रमका कारण जाने गरेको तर उनी पूर्णरुपमा ठगिएर कम तौल र कम गुणस्तरको सामान लिएर आउने गरेको बताउदै सीमा क्षेत्र अझ व्यवस्थित र कडा पानुपर्र्ने बताए ।

भारतमा पुर्णरुपमा लकडाउन खुले पनि नाकासिल भएकाकारण नेपाली ग्राहक रुपैडिहा बजार नगएपछि त्यहाँको बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु भोकमरीको अवस्थामा पुग्ने अवस्था आएको गुनासो समेत गर्न थालेका छन् ।

उत्तरप्रदेश उद्योग व्यापार मण्डल रुपैडिहाका अध्यक्ष विजय मित्तलले नाका सिल भएकै कारण रुपैडिहाको बजार प्रभावित भएको भन्दै नेपाली ग्राहक रुपैडिहा बजार आउने बाताबरण बनाईदिन आग्रह समेत गरेका छन् । ‘समयमै नाका नखुलाय व्यापारीले आर्थिक संकटको सामना गर्नुपर्ने अवस्था आउने भएकोले छिटो भन्दा छिटो नाका खोल्न दुबै सरकारले ध्यान दिनुपर्छ’–उनले भने ।

लकडाउनको बेलामा पनि आयात निर्यात जारि रहे जस्तै ग्राहकहरुलाई पनि आउन जान दिईनुपर्ने रुपैडिहा व्यवपार मण्डलका महामन्त्री संजय कुमार वर्माले बताए । लकडाउनका कारण महिनौदेखि बन्द भएको पसलमा राखेका जति सबै सामान विग्री सकेको किराना व्यावसायी बताउछन् ।

यस पटक आँपको राम्रो उत्पादन भएपनि ग्राहक नेपालबाट नगएपछि आँप कौडिको भाउमा विक्रि भैरहेको व्यावसायी सोनु बताउछन् । रुपैडिहा बजार नेपालबाट किनमेल गर्न जाने ग्राहकका भरमा चल्ने बजार हो ।