Jagaran Nepal बुधबार, साउन ०७, २०७७

काठमाडौँ । कतारले नेपाललाई कोरोनाको उच्च जो,खि,म रहेको देशको रुपमा सूचिकृत गरेको छ । कतारको जन स्वास्थ्य मन्त्रालयले मंगलबार कोभिड–१९ को म,हा,मा,री,को जो,खि,म न्यून भएका देशहरुको सूची जारी गरेको छ । मन्त्रालयले जारी गरेको सो सूचिमा नेपाललाई न्यून जो,खि,म,मा नभई उच्च जो,खि,म,मै राखिएको छ ।

कतारले बुधवारदेखि लागू हुने गरी नेपालबाहेकका अन्य ४० वटा देशहरुलाई न्यून जो,खि,म,को सूचिमा राखेको छ । कतारले नेपालबाहेकका भारत, बंगालादेश, पाकिस्तानलगायतका देशहरुलाई समेत कोरोनाको उच्च जो,खि,म रहेका मुलुकहरुमा राखेको छ ।

कम प्रभावित मुलुकमा समावेश भएका यी ४० देशका नागरिकहरुले आउँदो १ अगष्टदेखि कतारमा प्रवेश पाउनेछन् । तर, उच्च जो,खि,म,मा रहेका नेपाल लगायतका मुलुकका नागरिकहरुले भने तत्काल कतार जान पाउने छैनन् । सिधा रुपमा प्रवेश नपाइने नभनिएको भए पनि उच्च जोखिममा परेका देशका नागरिकले प्रवेश पाउने मापदण्ड नै तोकिएको छेन । जसको अर्थ कतार प्रवेश नपाउनु नै हुन्छ । उनीहरुले कतार प्रवेशका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

जोखिमयुत्तः देशहरुको सूचि हरेक २ हप्तामा अद्यावधिक गर्ने भनिएको छ । अबको २ हप्तापछि यो सूचि अद्यावधिक हुँदा नेपाल न्यून जोखिमयुक्त देशमा सूचिकृत भएमा नेपालीको लागि कतार जाने बाटो खुल्नेछ तर उच्च जोखिमयुक्त सूचीमै रहेमा भने नेपालीले कम्तीमा अर्को २ हप्ता पर्खिनुपर्नेछ ।

अहिले न्यून जोखिम परेका देशहरुबाट कतार जानेहरुले समेत त्यहाँको सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्नेछ । कम प्रभावितको सूचिमा परेका नागरिकहरुले कतार फर्कनको लागि ४८ घण्टासम्म मान्यता हुने कोरोनाको सं,क्र,म,ण नभएको रिपोर्ट साथमा राख्नुपर्ने हुन्छ त्यस्तै उनीहरुले दोहाको विमानस्थलमा ओर्लिएपछि १४ दिनसम्म आफ्नै खर्चमा

तोकिएको होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ, होटेल क्वारेन्टाइनको बसाइ सकाएपछि एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्नेछ र एह्तराजको एपको प्रयोग गर्नु पर्नेछ । यी नियम पालना गर्नका लागि विमानस्थलमा ओर्लिनासाथ सरकारसँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदामा आएका नेपाली फर्कन नपाउने

कतार सरकारले जारी गरेको यो नियमबाट कोरोनाको म,हा,मा,रीअघि घर विदामा आएका नेपाली त्यहाँ कहिले फर्कन पाउने भन्ने विषय अन्यौल बनेको छ । यद्यपि कतारले पछिल्लो अवस्था हेरेर हरेक दुई हप्तामा यो सूचि फेरबदल गर्न सकिने जनाएकोले उनीहरु छिटै फर्कन पाउने सम्भावना भने कायमै छ । नेपाल सरकारले विदेशबाट घर विदामा आएका नेपालीहरुलाई सोही कम्पनीमा रोजगारीको लागि फर्कन पुनः श्रम स्वीकृती दिन थालिसकेको छ । सरकारले पुन : श्रम स्वीकृती प्रदान गर्न थालेपछि कतारबाट विदामा आएका सयौँ नेपालीले फर्कनको लागि श्रम स्वीकृती लिइसकेका छन् । नलिएकाहरुले पनि लिने क्रम जारी छ ।

वैदशिक रोजगार कार्यालय, ताहाचलका सूचना अधिकारी छत्र शाहका अनुसार सरकारले पुनः श्रम स्वीकृती दिन सुरु गरेयता कतारका लागि ६०७ जना नेपालीले पुनः श्रम स्वीकृती लिएका छन् । जसमा ५८८ पुरुष र १९ जना महिला कामदार छन् । गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृती खुला गरिएको थियो ।

यसरी श्रम स्वीकृती लिइसकेकाहरु कतार फर्कनको लागि उडानको प्रतिक्षामा थिए । सरकारले पनि आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको थियो । सरकारको यो निणर्यसँगै उनीहरु कतार फर्कन अन्तर्राष्ट्रिय उडान कुरेर बसिरहेका थिए । तर, कतारले नेपाललाई उच्च जो,खि,म,मा राखेपछि उनीहरु फर्कन नपाउने भएका छन् ।

कतार फर्कन ह,ता,रि,नु हुँदैनः राजदूत भारद्वाज

कतारका लागि नेपाली राजदूत डा. नारद भारद्वाजले विदामा नेपाल आएकाहरुलाई कमर्थलो कतार फर्कन हतार नर्गन सुझाव दिएका छन् । कतारमा कोरोनाको महामारी पहिलाको तुलनामा कम हुँदै गएता पनि साम्य अझै नभएकोले फर्कन हतार नर्गन उनले सुझाएका छन् ।

‘पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणदर घट्दो रुपमा रहेपनि निर्मुल भएको छैन,’ उनले डिसी नेपालसँग टेलिफोनमा भने, ‘स्वदेशमा रहेका नेपालीहरु अहिले नै यता फर्कन हतारिनु हुँदैन । अघिल्ला दिनहरुको अवस्था पनि हेर्नुपर्ने हुन्छ ।’

कतारले नेपाललाई न्यून जोखिममा सूचीकृत गरेर फर्कन सहज गराइदिए पनि अहिले नै फर्कदाँ विभिन्न झमेला समेत व्योहोर्नु पर्ने उनले बताए । ‘केही समयपछि अवस्था हेरेर नेपाललाई न्यून जोखिममा राख्ला । नेपालीहरु फर्कन थाल्छन होला,’ उनले भने, ‘तर, यहाँ फर्किएपछि त्यति सहज हुनेछैन। खर्च पनि उत्तिकै हुन्छ । विभिन्न झमेला पनि हुन्छ ।’

कतार पुगेपछि जोसुकै पनि १४ दिनसम्म सरकारले तोकेको होटल क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । राजदूत भारद्वाजका अनुसार यसरी १४ दिनसम्म होटेल क्वारेन्टाइनमा बस्न ३ हजार कतारी रियल (नेपाली करिब ९० हजार) खर्च हुन्छ । त्यसपछि फेरि होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । घरमा बस्दा पनि रोजगारी नहुँदा खर्च मात्रै हुन्छ । क्वारेन्टाइनको सबै प्रक्रिया पूरा गरेपछि पनि कम्पनीको काममा फर्किहाल्ने अवस्था नहुने उनले बताए ।

कतारका कम्पनीहरु यतिबेला पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । कोरोना कहर अझै नसकिएको हुनाले कम्पनीहरुले परियोजनाहरुको काम सुरु गरिसकेका छैनन् । कम्पनीहरुले ठूला प्रोजेक्ट नलिइकेको अवस्थामा अहिले चलिरहेका कम्पनीहरु बन्द नै हुने जोखिम हुने उनले बताए ।