Jagaran Nepal बुधबार, साउन ०७, २०७७

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरकतपाई भाग्यमानी कि अभागी?? यो गुफाको तस्बिर छोएर राम्ररी हेर्नुहोस, भाग्यमानीले मात्र भगवान देख्ने बिश्वास छ फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।

अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।

हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ ।

प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।पछिल्लो समयमा नेपालमा पनि बलात्कार जस्ता जघन्य अपराधहरु बढिरहेको छ । केही साता अघि कञ्चजपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भयो । अझै पनि स्थानीय सरोकार र प्रहरी प्रशासनले मुख्य दोषी को हो भनेर पत्ता लगाउन सकिरहेका छैनन् । त्यहाँका प्रहरी प्रशासनले सुगा रटाई गरि नक्कली दोषीलाई उभ्याएर पीडित माथि झन पीडा थप्ने काम मात्र गरेको छ । तत्पश्चात केही दिन अघिसम्म त्यहाँका स्थानीयहरु आन्दोलित भए ।

साथै निर्मला पन्तको न्यायको लागि आन्देलनमा पुगेका १४ वर्षीया सनी खुनाले आफ्नो ज्यानसम्म गुमाए । यो घटना अझैं पनि ज्युँको त्युँ छ । त्यस्तै केही साता अघि कञ्चनपुरकै अर्की एक बालिकाको पनि यौन पिपासुहरु इज्जत लुटिदिएको समाचार सार्वजनिक भएको छ । तर प्रहरी प्रशासनले दोषीलाई पहिचान गरेर कारवाही गर्न सकिरहेको छैन । यसै सन्दर्भमा केही महिला अधिकारकर्मीहरु बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ भन्दै पेटीकोट आन्दोनमा उत्रिए । यसको साथै कपाल मुण्डनसमेत गरेर बलत्कारीहरुलाई फाँसीको सजाय हुनुपर्ने माग गरिरहेका छन् ।नेपालमा यसरी दिनहुँ बलात्कार जस्ता जघन्य अपराध बढिरहेको समयमा हाम्रो छिमेकी राष्ट्र भारतमा भने बलात्कारीको लागि फाँसीको व्यवस्था गरिसकेको छ । करीब एक महिना अघि मात्रै पनि सात महिनाकी शिशुलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय एक युवकलाई फाँसीको सजाय सुनाएको थियो । त्यस्तै अश्लिल भिडियोको सहारमा ब्ल्याकमेल गर्दै १२ वर्षीया बालिकाको सात महिनासम्म सामूहिक बलात्कार गर्ने गर्ने २२ जनालाई पनि कडा सजायको व्यवस्था गरिएको समाचार सार्वजनिक भएको थियो ।

यसैक्रममा भारतको राजस्थान स्थित झुंझुनु अदालतले तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई फाँसीको सजाय सुनाएको छ । ती बालिका अहिले मुटु रोगले ग्रस्त भएकी छन् । घटना घटेको २० दिन भित्रै अदालतले बलात्कारीलाई फाँसीको सजायको फैसला सुनाएको हो । फाँसीको फैसला सुनुवाई गर्दै न्यायाधीशले एउटा कविता समेत लेखेर सुनाएका थिए । यो घटना अगष्ट २ मा भारतको राजस्थान स्थित झुंझुनुमा बिहान करिब ९ बजेको घटेको हो । तीन वर्षीया ती बालिका आफ्नो हजुरआमासँग बसिरहेकी थिइन् । घर बाहिर ती बालिका खेलिरेही थिइन्, भने नजिकै दौसाको माडवडी भन्ने ठाउँमा बस्दै आएका विनोद कुमारले आफ्नो भाँडा कुँडा लगायतकासामानहरु बेचिरहेका थिए ।

विनोद कुमारले ती बालिका एक्लै खेलिरहेको अवस्थामा देखेपछि उनको मनमा नकारात्मक सोँच पलाएपछि तीन वर्षीया बालिकालाई समेत उनले छाडेनन् । बालिकाकी हजुरआमा त्यहाँ पुग्नेबित्तिकै उनी आफ्नो बाइक चडेर फरार भए । बेलुकी साँझ सात बजे प्रहरी समक्ष उजुरी दर्ता भयो, भने भोलिपल्ट चिडवाबाट विनोदलाई प्रहरीले पक्राउ गरे ।प्रहरीले ९ दिनपछि (अगष्ट १३ तारिख) आरोपी विनोदविरुद्ध अदालतमा मुद्धा पेश गरेका थिए । तीन वर्षीया ती बालिकालाई बलात्कार गर्ने यौन पिपासु विनोदलाई फाँसीको सजाय सुनाउँदै न्यायाधीश निरजा दाधीचले भावुक कवितासमेत लेखेर सुनाएका थिए । न्यायाधीशले आफ्नो फैसला सुनाउँदै भने, ‘यस प्रकारको अपराधिहरुलाई समाजमा बाँच्ने अधिकार नै छैन ।’ यसका साथै उनले तीन वर्षीया बालिकाहरु घरमा एक्लै छोड्नु पनि असुरक्षित भएको समेत बताए ।

अन्य समाचार पद्नुहोस ,गरिब–दुःखी नेपालीको भरोसाको केन्द्र वीर अस्पताल फोहर र धुलोमैलोले आफैं बिरामी परेको देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्। सफाई अभियन्ता खेम शर्मालाई सक्रिय सहयोग गर्न थाले। पानीले पखाल्ने ठाउँ त सफा हुन थाल्यो, तर रङ खुइलिएर अँध्यारो ठाउँ जस्ताको त्यस्तै। उनी रङरोगन गर्न पनि कस्सिए। अस्पतालका लागि यसरी ‘डाक्टर’ बनेका उनी आफ्नो स्वास्थ्य समस्याको पनि उपचार गराइरहेका छन्। हामीले वीर अस्पतालमै भेट्दा टन्सिल भएर बोली अप्ठेरो गरी निक्लिरहेको थियो उनको। एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका रहेछन्। समयमै खाना–खाजा खानसमेत सचेत गराएछन्।

अपराह्न ४ बजे भेट्न वीर अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए। भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजासमेत खान भ्याइएन।’ काठमाडौं आएपछि संघर्ष गर्ने क्रममा अभावको जिन्दगी जिउनुप¥यो। ‘कुनै समय खाना खान नपाएर ग्यास्ट्रिक भयो, अहिले खाने समय नपाएर बल्झिदैछ,’ वीरमा व्यस्त भएपछि ग्यास्ट्रिकले झन् गाँजेका कारण उनी त्यहीदिन अल्ट्रासाउन्ड गरेर आएका रहेछन्।

पेट रोगका लागि नाम चलेका डाक्टर आइएल आचार्यकहाँ पुगेर उनले यसबाट उन्मुक्ति पाउन उपाय मागे। उनले अल्ट्रासाउन्ड गरी अवस्था बुझे। त्यसपछि केही औषधि सिफारिस गर्दै खानपानमा नियमितता र अनुशासनका लागि जोड गरे। ‘ग्याष्ट्रिकका लागि अल्ट्रासाउन्ड गरेकै यो चौथोपटक हो,’ उनले भने। डाक्टरको दृष्टिमा उनको ग्यास्ट्राइटिस चिन्ता लिनुपर्ने तहमा पुगेको छैन। तर, उनलाई भने यही अवस्थाले पनि निकै समस्यामा पारिरहेको छ। यो समस्या उनी १२ वर्षदेखि भोगिरहेका छन्। उनले ठट्टा गरे, ‘म त ग्यास्ट्रिक ब्रान्ड एम्बेस्डर नै हो।’

औषधि उपचार पनि १२ वर्षदेखि नै गराउँदै आएका छन्। तर, अहिलेसम्म ठीक भएको छैन।ग्यास्ट्रिकका लागि गरिने एलोप्याथिक र आयुर्वेदिक दुवै विधि प्रयोग गरिसकेका छन्। यसका लागि औषधि राख्ने ‘स्टोर’ समेत हुन्थ्यो कुनै समय उनको घरमा। भन्छन्, ‘मैले जीवनमा खानाभन्दा धेरै त औषधि खाएँ होला।’ रत्नपार्कमा बेचिने चुर्णदेखि विदेशमा बनेका महंगा औषधिसम्म सबै उपभोग गरिसकेका छन् उनले। केही वर्षअघिको कुरा हो, जतिबेला ५० हजार रुपैयाँको ठूलो महत्व थियो। उनले एक चर्चित पत्रिकामा विज्ञापन छपाए– धुर्मुसको ग्यास्ट्रिक निको पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

उनको ठेगानामा देशभरिबाट बोराका बोरा आयुर्वेदिक औषधि आउन थाले। केही खाएर पनि हेरे। तर, बीसको उन्नाइस भएन उनको समस्या। घरको ‘स्टोर’मा राखिएका ती जडिबुटी एकपल्टै खाल्टोमा पुरिदिए। काममा लागेपछि भोकतिर्खा बिर्सिने आफ्नो बानीलाई दोष दिन्छन् उनी। ‘म लागेपछि जुकाजस्तो हुन्छु। त्यसैले हो मलाई रोगी बनाएको,’ उनी ठट्टामा समस्या दर्शाउँछन्।

करिअरको सुरुवाती समयमा उनले भोकभोकै संघर्ष गरे। अहिले अड्डा जमाएर बसेको ग्यास्ट्रिकको समस्या त्यहीबेला सुरु भएजस्तो लाग्छ उनलाई। उनी २०५८ सालमा काठमाडौं छिर्दा झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना थियो साथमा। जेठा छोरा भएकाले उनीमाथि जिम्मेवारीको चाङ थियो। बुवाले मुखै फोरेर नभने पनि आमाको उपचार गराउँदा लागेको ३६ प्रतिशत ब्याजदरको ऋण र भाइबहिनीलाई पढाउनुपर्ने जिम्मेवारी उनलाई राम्रैसँग थाहा थियो।काठमाडौंमा उनको ‘गडफादर’ कोही थिएन। न नातागोता नै कोही। काठमाडौं आएको २–३ दिन मै भाडामा कोठा लिएर बस्नुपर्‍यो।

बुवाले काठमाडौंमा टिक्न दिएको पैसाबाट उनले पहिलो महिनाको किस्तास्वरुप अग्रीम ८ सय रुपैयाँ घरभाडा तिर्नुपर्ने भयो। अब उनको हातमा बाँकी थियो, कूल ९ सय रुपैयाँ। जुन पैसाले खाना पकाउने भाडा र स्टोभ किन्ने कि दैनिक गुजाराका सामान, अन्यौलमा थिए। पहिलो महिनामै हालत ‘पञ्चर’ भएको थियो। धुर्मुस स्कूलमा चित्र कोर्थे। ब्यानर पनि बनाउँथे। त्यसैले उनलाई घर छोड्नुअघि विश्वास थियो, काठमाडौंमा केही काम नपाए बोर्ड रंगाएरै भएपनि टिक्न सक्छु। उनले काम खोजे पनि। तर, उनको सोचले त्यतिबेला हावा खायो, जब उनी काम खोज्दै बागबजारका विभिन्न पेन्टिङ पसलमा पुगे।

धुर्मुसले काठमाडौंमा टिक्न सबैभन्दा पहिले मार्केटिङको काम गरे। पत्रिकामा प्रकाशित हुने विज्ञापनमार्फ्त उनले जागिर पाएका थिए। उनले कमिसनको आधारमा किचनका सामान बेच्थे। उनलाई अहिले पनि आफूले बेचेको सामानको लिस्ट कण्ठस्थ छ। ‘मैले ननस्टिक प्यान, कराई, मैन बत्तीको स्ट्यान्ड र ग्याँसको रेगुलेटर बेचेको छु,’ उनी सम्झिन्छन्। मार्केटिङमा काम गर्दा पनि उनको आर्थिक अवस्था सुध्रन सकेन। बुबाबाट थप आर्थिक सहयोगको आशा थिएन। डेरामा मिलेर बस्ने सबै साथीहरूको आर्थिक अवस्था उस्तै थियो। उनले संघर्षको कहानी सुनाए, ‘डेरा बस्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दाकोबी पानीमा उसिनेर खान्थ्यौं।’