वृष राशिका मानिसहरु स्वस्थ साथै दिब्य सम्बन्धमा विश्वास गर्ने गर्छन् भने प्रेम साथै प्रसंशा पनि छिट्टै पाउने गर्छन्। आकर्षित बोलि चाली रहन भएता पनि यस राशिका मानिसहरु छिट्टै रिसाउन सक्छन्। अचानक अघोषित रुपमा रिसाउन सक्ने हुँदा जो-कोहि पनि संयम रहनु पर्ने हुन्छ। यस राशिलाई कन्जुस रहने आरोप समेत लाग्ने गरेको छ।
यस राशिका मानिसहरु धन संचित गर्न समेत सिपालु रहने हुन्छन। स्थिरता चाहने यस राशिका व्यक्तिहरु खासै परिवर्तन चाहदैनन्। प्राय शुख-भोगी रहने यस राशिका मानिसहरु शौखिन रहने गर्छ। शुन्दर रहन मन पराउने यस राशिका मनिसहरु भाग्यवान समेत रहन्छन्। रिसालु स्वभावक यस राशिका मानिसहरु घृणा र रिसको लागि प्रसिद्ध छन्।
यस राशिका केहि गुणहरु निम्न उल्लेखित रहेका छन्।
तत्व :
पृथ्वी
गुण :
स्थिर; स्त्रीत्व;नकारात्मक
स्वामी ग्रह :
शुक्र
यस राशिका व्यक्तिको प्रेमको बारेमा हुने खासियत:
प्रेममा एकता, सामग्री सुरक्षा साथै धन संचित गर्ने क्षमता
यस राशिले प्रेमको बारेमा सुधार्नु पर्ने:
लचीलापन,माफी गर्ने क्षमता,अरुको कुरा सुन्ने बानि बसाल्नु पर्ने
प्रेम आचरण :
वृष राशिका मानिसहरु मौलिक, शारीरिक, दृष्टिक स्नेहको भावना राख्ने गर्छन्। प्रेममा प्राय सफलता पाउने यस राशिका मानिसको भावनासंग भने सजिलै अरुले खेल्न सक्ने हुन्छ। यस राशिका मानिसहरुको लागि प्रेमको परिभाषा बहुत सरल रहने गर्छ। प्रेममा दृढ़ साथै वफादार रहने यस राशिका मानिसहरु धोका दिने काममा पछी रहने गर्छन्। जसले यस राशिका मानिसहरुलाई सुरक्षाको अनुभूत गराउन सक्छ,उसँग जीवन बिताउन चाहने गर्छन्। जोसँग प्रेम सम्बन्ध राख्छन उसको पूर्ण स्वामित्व खोज्ने यस राशिका मानिसहरु जिद्दी पनि रहने गर्छन्।
छिटो रिसाउने, अरुमा निर्भरता साथै ईर्ष्याका कारण यस राशिका मानिसहरुको सम्बन्ध बिग्रन सक्ने हुन्छ। प्रेम प्रस्ताव राख्न लजाउने यस राशिका मानिसहरु प्रस्तावको मामलामा कुण्ठित समेत रहने गर्छन्। यस राशिका मानिसहरु उपहारको समेत अपेक्षा राख्ने हुन्छन्। आफ्नो प्रेमीबाट ईमानदारी साथै समर्पण चाहने हुँदा प्रेमीले पनि उत्तिकै प्रेम गरोस् भन्ने भावना राख्न सक्छन् ।