Jagaran Nepal मंगलबार, साउन ०६, २०७७

परिवर्तन संसारको नियम हो र संसारमा परिवर्तन हुन पनि निकै जरूरी छ | बिना परिवर्तन संसार अघि बढ्न सक्दैन र यहाँ भएका सबै प्रकारका प्राणी पनि |परिवर्तनलाई सकारात्मक र नकारात्मक दुवै रूपमा हेर्न सकिन्छ | मानिन्छ कि परिवर्तनको सुरुवात आफैबाट गर्नु पर्छ | तर सबै मानिसमा परिवर्तन ल्याउन सक्ने क्षमता हुँदैन |मानिन्छ कि यी तीन राशि भएका मानिस कुनै पनि प्रकारको परिवर्तन गर्न सक्षम हुन्छन् | यिनीहरुले चाहे भने संसार बदल्न सक्छन् |

मेष राशि

मेष राशि भएका व्यक्तिमा कहिले पनि हार नमान्ने गुण हुन्छ | यिनीहरु सधैं जीवनमा अगाडि बढ्ने सोच राख्छन् र बिचमा कुनै पनि चुनौती वा समस्या आए पनि सामना गर्न तयार हुन्छन् | यिनीहरु कुनै पनि काम सुरु गर्नु अघि त्यसको नतिजाको बारेमा सोचेर र जस्तो समस्या आएपनि सामना गर्न सक्ने भएर मात्र अगाडि बढ्ने गर्छन् | त्यसैले गर्दा यी व्यक्तिहरु कुनै पनि काम गर्न सफल हुन्छन् र कुनै पनि प्रकारको परिवर्तन गर्न सक्षम हुन्छन् |

कन्या राशि

यी व्यक्तिहरुमा खास कुरा यो हुन्छ कि यिनीहरु कुनै पनि निर्णय आवेगमा आएर लिदैनन् | कुनै पनि कुराको नतिजामा पुग्नु अघि उक्त चिजको सकारात्मक र नकारात्मक पक्ष नियाल्छन् | यो राशि हुने मानिस निकै समजदार हुन्छन् | त्यस्तै कुनै पनि काम गर्नु अघि त्यसको बारेमा गहन बिचार गरेर मात्र अघि बढ्ने गर्छन् | त्यसैले गर्दा यी मानिसलाई रोक्न निकै मुश्किल हुन्छ |

कुम्भ राशि

कुम्भ राशि हुने व्यक्तिमा परिवर्तनको भोक हुन्छ | यिनीहरुमा सधैं केहि न केहि नयाँ कुरा सिक्ने चाह हुन्छ | यी व्यक्ति अरु व्यक्ति भन्दा कुनै पनि काम गर्न सिपलु हुन्छन् | यिनीहरुमा परिवर्तन ल्याउने मानिसको लागि पनि सम्मानको भावना हुन्छ |