Jagaran Nepal सोमबार, साउन ०५, २०७७

साउन महिना लागेसँगै युवतीहरु हरियो सारी, हरियो पहेलो चुरा, पोतेमा सजिएका छन् । हातमा मिहेन्दी भरेका तस्वीरहरु सामाजिक सञ्जालमा राख्नेको संख्या पनि उत्तिकै रहेको छ ।

त्यसमा पनि आज साउने सोमबार । भगवान शिवजीको आराधना गर्दै आज व्रत बस्ने गरिन्छ । कोरोना भाइरसका कारण मन्दिरहरुमा जान त्रास रहेसँगै अधिकांशले घरमा नै पूजा अर्चना गरेको र हरियो कपडाहरु लगाएका तस्वीरहरु पोस्ट गरिरहेका छन् ।

यसैबीच सदावाहर अभिनेत्री करिश्मा मानन्धरलाई पनि साउने छपक्कै छोपेको छ । उनले पहेलो रातो हरियो चुरा र हरियो सल रहेको तस्वीर केही दिन अघि पोस्ट गरेकी छिन् । ‘श्रावण महिनाको नक्कल’ लेखेर उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेकी छिन् ।