Jagaran Nepal आइतबार, साउन ०४, २०७७

अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल बैबाहिक जीवनबाट अलग भएको समाचारहरु बाहिरिएका छन् ।

नेपाली फिल्मसम्बन्धी समाचार वेवसाइट फिल्मी खबरले पनि उननीहरु वैवाहिक जीवनबाट अलग भएको सम्बन्धी समाचार प्रकाशन गरेको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका सुधांशु र उषाबीच २०७३ सालमा विवाह भएको थियो । प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुबीच सम्बन्ध पछिल्लो समय विग्रिएको थियो ।

दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि यी दुई गएको ६ महिनायता अलग अलग बस्दै आएको बुझिएको छ ।

अहिले सुधांशु अमेरिकाको भर्जिनिया र उषा बाल्टिमोरमा बस्दै आएका छन् । विवाह गरेको चार वर्षसम्म पनि उनीहरुले विवाह दर्ता गरेका थिएनन् । उषाले बारम्बार विवाह दर्ताका लागि आग्रह गर्दा पनि सुधांशु नमानेपछि उनीहरुबीच खटपट सुरु भएको थियो । त्यसपछि उषाले भर्जिनिया छाडेर बाल्टिमोरमा बस्न थालेकी थिइन् ।

समाचारहरुका अनुसार केही समयअघि सुधांशु उषासँग कुरा गर्न बाल्टिमोर पुगेका थिए । तर, उनीहरुबीच सहमति हुन सकेन । पहिलो बैबाहिक सम्बन्ध टुंगिएपछि सुधांशुले उषासँग विवाह गरेका थिए ।

आइतवार आफ्नो जन्मदिन मनाइरहेकी उषालाई सुधांशुले ‘बर्थडे विस’ समेत गरेका छैनन् । दुवैले लामो समयदेखि एकअर्कासँगको तस्विर सामाजिक सञ्जालमा पनि राखेका छैनन् ।

लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुना मदन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उषाले केही भारतीय टिभी शृंखलामा पनि काम गरेकी थिइन् । नेपाली फिल्ममा उल्लेखनीय प्रगति नभएपछि मुम्बई हानिएकी उनी त्यसपछि अमेरिका गएकी थिइन् ।

सुधांशु जोशी पनि केही नेपाली फिल्ममा अभिनय गरेपछि अमेरिका भाँसिएका थिए । उनी फिल्म ‘सीमारेखा’ मा मुख्य अभिनेता थिए ।
दैनिक अनलाइन बाट