Jagaran Nepal शनिबार, साउन ०३, २०७७

लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिएकी थीईन । दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् ।

दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् । विवाहको मण्डपमा वेहुली भेषमा सजिएकी जेरीले आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् ।

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरिएको चर्चा गरिएको छ । जेरीले शंकर क्षेत्रीसंगको आफ्नो प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । दुवै जना दोहोरी गायक भएका कारण उनीहरुको विवाहमा पनि रमाइलो माहोल थियो ।

चर्चित गायिका जेरी गर्भवती भएपछी नाचेर उदुम, गर्भकै बारे जम्यो बुढाबुढीको कडा दोहोरी