Jagaran Nepal शनिबार, साउन ०३, २०७७

काठमाडौं । धेरै पैसा कमाएर धनी बन्ने इच्छा जो कोही लार्इ पनि हुन्छ । यसका लागी अथक मेहनत र प्रयास को जरुरत पदर्छन। धनी बन्न मन लागेर मात्र हुँदैन । पैसा कमाएर बचत गरे भविष्य सुरक्षित बन्छ । तर, यही पैसा जोगाउन नसक्दा धेरै मानिस चिन्तित् बन्ने गर्छ । आफ्नो परिवारलाई सुखी र खुसी राख्न पनि पैसाको वचत आवश्यक छ । निकै मिहनेत र परिश्रमबाट आर्जित पैसा नजोगिएर खर्चमात्रै हुँदा निकै चिन्तित हुने गरेका छन् ।

भनिन्छ पैसा कमाउनु भन्दा जोगाउनुु ठूलो कुरा हो ।यदी ज्योतिष शास्त्रको विश्वास गर्नहरुका लागि भने पैसा जोगाउन केही उपायहरु छन् ।ज्यातिषशास्त्रअनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्याबाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।

त्यस्तै आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राखी बिहान उठ्ने बितिकै वरको फेदमा चढाउँनुस् यसो गरेमा तपाईं धन नोक्सान हुने समस्याबाट बच्न सकिने विश्वास गरिन्छ । मंगलबारको दिन गणेशको पूजा गरि श्री गणेशाय नमः १०८ पटक जप गरि विधीपूर्वक गणेशको पूजा गरेमा सजिलै धन सञ्चय गर्न सकिने छ । बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।शुक्रबारको दिन माता लक्ष्मीको पूजा गरि ॐ श्रीं नमःमन्त्र १०८ पटक जप गरेमा लक्ष्मी प्रशन्न हुने र धन लाभ हुने बताइन्छ ।