Jagaran Nepal शनिबार, साउन ०३, २०७७

काठमाडौं, ३ साउन : चर्चित अनि लोकप्रिय गायिका इन्दिरा जोशीको आज जन्मदिन । गायिका जोशीको साउन ३ गते जन्मदिन भए पनि उनले सोमबारै आफू निकट र साथीसंगीलाइ मिठाई खुवाएकी थिइन् । पछिल्लो समय एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल’ की मुख्य जज हुन् । कान्तिपुर बेस्ट पपगायिका, डेरेना अवार्डस, नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘नेपाली तारा’ मा समेत उनले अवार्ड जितेकी छन् ।

सुरिलो स्वरसँगै नृत्यका कारण पनि गायिका जोशी निकै चर्चित छिन् । उनले आफ्नो जन्मदिन भने खुलाएकी छैनन् । उनका आफन्तहरूका अनुसार गायिका जोशी तीन दशक उमेर छेउछाउ पुगेकी छन् । सामाजिक सञ्जालमा उनी निकट कलाकार, गायक गायिकाले मंगलबार बिहानैदेखि जन्मदिनको शुभकामना दिइरहेका छन् ।