Jagaran Nepal शनिबार, साउन ०३, २०७७

काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् राजकुमार राव । बलिउडका कम बजेटका फिल्ममा सफल भएका राजकुमारले आफ्नो उत्कृष्ट अभिनयका कारण चर्चामा छन् । सामान्य परिवारमा जन्मिएका राजकुमार अहिले ३५ वर्षका भएका छन् । सानै उमेरदेखि अभिनयमा रुची भएका उनले शुरुमा नाटकहरूबाट अभिनय यात्रा शुरु गरे । नाटकबाटै बलिउड प्रवेश गरेका उनले सुरुमा ससाना भूमिकामा नै चित्त बुझाए ।

अहिलेसम्म उनले बलिउडमा नौ वर्ष बिताइसकेका छन् । हालसम्म उनले धेरै नै फिल्ममा अभिनय गरिसेकका छन् । पहिले अभिनयमा ससाना भूमिका निर्वाह गरेर महिनामा बल्ल बल्ल आठ दश हजार पाउथे । मुम्बईको महंगोमा बस्न उनलाई निकै गाह्रो पर्थ्यो ।

उनलाई कहिलेकाहिँ आफ्नो खाने बस्ने खर्च कम हुँदा साथीहरूसँग मागेर काम चलाउथे । यसैबीच फिल्महरूको लागि अडिसन पनि दिइ रहने गर्थे । उनी पहिलो पटक अतुल मंगोलियाको फिल्म लभ, सेक्स और धोखा’बाट मूख्य भुमिकामा देखिए । यसै फिल्ममार्फत उनले दर्शकको मन जिते ।