Jagaran Nepal शनिबार, साउन ०३, २०७७

बाबु आउ मला’ई ज्युंदै जलाऊ म दुल’ही भई भि’त्रदा कुमारी’त्वको माया गरेन,,कोखमा फुलाउँदा तिमिलाई लाज र सौन्दर्यको माया गरेन तिम्रो मुखमा मिठो पार्न जे पनि गर्न तम्से कुनै पनि चिज तिम्रो मुखसम्म नपुराईकन कहिल्यै खाईन सबथोक सम्झेर तिमिलाई जलाए मेरा जवानीहरू ढलाए।मेरा रहरहरू गलाए मेरा सपनाहरू बिर्सिए मेरो ममता बलिदान गरे निन्द्राहरू तर, कुनै फिर्ताको अपेछ्या बिना खनाईरहे मेरो ममता तिमिलाई ठुलो बनाउन तिमिलाई मान्छे जनाउन खै के बाँकी राखेर मेरो कोखको टुक्राको लागी

आज स्वयम्भु पशुपतिका पेटी सडकमा लडिरहदा भुसिहा कुकुर साथी मान्दै हाँसिरहेछु खुशी बनेर आफ्ना सन्तानको कल्पनामा फालेका फोहोर भित्रका भोजनहरू, खोज्दै ज्यान बचाउनको लागी हात थाप्दै दौडिरहेछु मानब भिडहरूमा तिरस्कार र बेदना लाई अमृतमय स्वागतमा दिनहरू ढलिरहेछन।प्राण बचाई रहेछु म तिम्री आमा म बाँचिरहेछु तिमीलाई दिन ममता दिलभरि साँच्दै मरेकी छैन। सरोकी छैन कसैले हरेको छैन। यो चीसो सिरेटोमा भोके नाङ्गै सडक पेटीमा ढलिरहदा तिम्रो पहिलो गुरूमा बन्दै बोल्न सिकाए पढ्न सिकाए दौड्न हाँसस्न भोकालाई बाड्न माग्नेलाई दिन नैतिकता सिकेनौ??मैले सिकाएको कर्तव्य बोध बिर्सियौ या भुल्यौ। म डाँडा माथी हल्लिरहँदा मर्ने दिन गनिरहँदा तिमिलाई सम्झना आएन ?

आऊ छिट्टै म भएको ठाँउमा मलाई जिउदै जलाउन आऊ तिम्रो हातबाट जल्ने रहर छ तिम्रो हात देखि जले भने माया गर्ने मन मर्नेछ खुसिले पंख झर्नेछ चीसो थाहा पाउने छाला भोको महशुस गर्ने पेट।स्वाद पाउने जिब्रो दुनियाको कुरा सुन्ने कान पापीहरू देख्ने आखा भिछ्या माग्ने हात दौडिरहने हाँसस्न भोकालाई बाड्न माग्नेलाई दिन नैतिकता सिकेनौ ???खुट्टा सबैलाई बिस्राम हुनेछ न चीसो थाँहा पाँउछु न भोक न तिरस्कार न घाम न पानी नै म खुशी रहनेछु ।

जिवन्त सम्म पनि मेरो अनुरोध मलाई कात्रो नलिनु किनकी जीउँदो हुँदा नाङ्गै बाँचे, जिउँदो हुँदा पाएको भए कमसेकम जाडो छेक्ने थियो।। पानी तार्ने थियो।। मलाई पिण्ड पनि नदिनु बाँच्न सम्म भोक भोकै बाँचे त्यही बेला पाएको भए किन सडकमा माग्थे र त्यसैले आउ मेरो बाबु जिउँदै जलाउन आऊ तिम्रो हातबाट जल्ने रहर छ।। आमाको माया छ भने सेयर गर्नुहोस