Jagaran Nepal शनिबार, साउन ०३, २०७७

मानिस आफ्नो मिहेनतको कमाईबाट घर बनाउछन् र आफ्नो आवश्यक चीन जोड्दै जान्छन् । त्यस्तै महिलाहरुले आफ्नो लागि विशेष त सुन चाँदीका गहना जोड्छन् । त्यही दुःखले जोडेको सम्पत्ति एउटा साढेले खाइदिएको छ । भारतको हरियणाको घटना हो ।

जनकराज नामका व्यक्तिको घरमा भएको घटना हो जहाँ सासु र बुहारीले आफ्नो गहना बटुकामा राखेर तरकारी काट्दै थिए । भुलबस बटुकाको तरकारीको फोहोर कुँडोमा फालिदिए । कसैलाई याद नै भएन की बटुकोमा सुनका गहना थिए ।

सिसिटिभीबाट पत्ता लागेको छ साँढेले कुँडोको पानी खायो र गहना पनि निल्यो । साँढेले ४ तोला सुन निलेको छ । पशु चिकित्सकलाई खबर गरेर उक्त साँढेलाई घरको नजिक राखेका छन् । उसको दिशामा गहना भेटिने आशाले साँढेलाई खान दिएर राखेका छन् । एजेन्सी

यो पनि टिकटकः हराएका पतिसँग तीन वर्षपछि पुनर्मिलन

तामिलनाडु, असार २९ । भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ।प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ।पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो।

बीबीसीका अनुसार प्रहरीले अहिले ती दम्पतीलाई ुपरामर्शु दिएको जनाएको छ।प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए। जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा पर्छ।