Jagaran Nepal शनिबार, साउन ०३, २०७७

बलिउड अभिनेत्री सन्नी लियोनीको कारण अहिले एक युवा तनावमा रहेका छन् । जसको समाधानको लागि ती युवक पुलिस चौकीमा उजुरी दिन बाध्य भए । फिल्म ‘अर्जुन पटियाला’ मा सनी ले एक मोबाइल नम्बर बताउँछिन् । मान्छेहरूले उनले दिएको नम्बर सनी लियोनीकै सम्झेपछि यसले समस्या आएको हो ।त्यसपछि युवाहरूले उक्त नम्बरमा फोन गर्न थाले ।

तर त्यो मोबाइल नम्बर सनी लियोनीको थिएन । नम्बर दिल्लीमा रहने पुनीत अग्रवाल नामक एक व्यक्तिको थियो । ती व्यक्तिले अहिले यो नम्बर सनीको होइन भनेर भन्दाभन्दा वाक्क भइसकेको बताएका छन् ।पुनीतलाई दैनिक एक सयभन्दा बढी सनीलाई भन्दै फोन आउने गर्छन् । फोन गर्ने सबैले सनीसँग कुरा गर्न चाहेको बताउँछन् । यो फोनबाट पुनीत यति तनावमा परे कि, उनले प्रहरीमा उजुरी नै दिएका छन् ।