Jagaran Nepal शनिबार, साउन ०३, २०७७

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक अयोध्या नेपालमा रहेको अभिब्यक्ति दिएपछि त्यसको अन्तराष्ट्रिय रुपमै चर्चा भएको छ । नेकपाकै वरिपष्ठ उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री ओलीले यो विषयमा माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले तथ्य र प्रमाण विना यस्ता अभिब्यक्ति दिएका कारण विवाद निम्तिएको भन्दै माफी माग्नुपर्ने बताएका छन् । अन्य राजनीतिक दलका नेताहरुले पनि सत्तामा बसिरहनका लागि प्रधानमन्त्री ओलीले सबैको ध्यान अन्यत्र लैजान अयोध्याको प्रसंग उठाएको भन्दै टिप्पणी गरेका छन् । भारतीय मिडियाले प्रधानमन्त्रीको सो अभिब्यक्तिको विरोध गर्दै समाचार प्रसारण गरेका छन् ।

तर केही भारतीय मिडियाले भने नेपालका पक्षमा समाचार प्रशारण गरेका छन् । भारतीय मिडियाले नै रामायणमा उल्लेख भएको देश अयोध्या नेपालमा रहेको भन्दै भिडियो सार्वजनिक गरेका छन् । स्थलगत रिपोटिग गरिएको भिडियो सामग्रीमा रामायणमा उल्लेख भएका स्थानहरुको भ्रमण गरिएको छ । जसमा अयोध्या नेपालमा रहेको तथ्य देखाइएको छ । भारतीय संचारमाध्यमले एक बर्ष अघि तयार परेको सामग्री अहिले भाइरल बनेको छ ।

भारतीय संचारमाध्यम न्युज १८ इन्डियाले तयार परेको उक्त सामग्रीमा रामायणमा उल्लेख गरिएको वास्तविक अयोद्ध्या नेपालको चितवनमा रहेको बताइएको छ । ‘श्रीराम का वंश लोक (नेपाल में मिले रामायण के सच्चे सबूत’ भन्दै न्युज १८ इन्डियाले इतिहासका विभिन्न प्रसङ्गहरुलाई कोट्याउदै रामायणमा उल्लेख गरिएको अयोध्यालाई पुष्टि गर्ने थुप्रै प्रमाण रहेको समेत दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा मन्तब्य दिने क्रममा अयोध्या भारतमा नभएर नेपालमै भएको र भारतले नक्कली अयोध्या बनाएको बताएका थिए ।
भिडियाे