Jagaran Nepal सोमबार, आषाढ २९, २०७७

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । आइबार छापावाल सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज (सोमबार) तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ८८५ रहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज प्रति तोलामा १० रुपैयाँले बढेर ९९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।