Jagaran Nepal आइतबार, आषाढ २८, २०७७

ज्योतिषहरुका अनुसार सयौँ वर्षपछि श्रावणमा अद्भुत संयोग बनेको छ । श्रावण महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको वक्र योग परेको छ ।श्रावण महिनामा योपटक गुरु, शनि, राहु तथा केतुको बक्र परेको छ । अर्थात यी ग्रहहरुको चाल उल्टो हुनेछ।सिंह र कुम्भ राशि भएकाहरुलाई यो संयोग सबैभन्दा शुभ रहनेछ ।

५ सय ५८ वर्ष पहिला अर्था १४६२ मा यस्तै संयोग बनेको थियो । यसको प्रभाव श्रावण महिनाभरी रहने छ ।ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन् ।

५५८ वर्ष पहिला पनि गुरु शनि राहु केतु एक साथ श्रावण महिनामा आएका थिए । त्यस समय गुरु स्वयंको राशि धनुमा वक्र, शनि आफ्नो राशि मकरमा वक्र, राहुन मिथुनमा र केतु धनू राशीमा बक्र भएको थियो । हेर्नुहोस् भिडियो