Jagaran Nepal आइतबार, आषाढ २८, २०७७

बलिउडकी चर्चित अभिनेत्री रेखाका सेक्युरिटी गार्डमा कोरोना संक्रमण पुष्टि भएको छ । गार्डमा संक्रमण पुष्टि भएपछि मुम्बइस्थित बान्द्रामा रहेको रेखा निवास सिल गरिएको छ ।

उक्त क्षेत्रमा उच्च सावधानी अपनाईएको छ। आइतबार नै भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अभिनेत खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जनाकारी सोसल साइट ट्वीटर मार्फत जानकारी दिएका हुन्।

उनले आमालाई कोरोना पुष्टि भएपछि भाई बुहारी र अन्य परिवारका सदस्य क्वारन्टिनमा रहेको जानकारी दिएका छन्। आमालाई कोकिला बेन अस्पतालमा भर्ना गरिएको उनले बताएका छन्।

यसअघि भारतीय अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई पनि संक्रमण पुष्टि भएको छ। अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।

अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको हो। परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

This is to inform all that my mother Dulari is found Covid + (Mildly). We have admitted her into Kokilaben Hospital. My brother, bhabhi & niece inspite of being careful have also tested mildly positive.I got myself tested as well & I have tested negative. @mybmc is informed.!🙏 pic.twitter.com/EpjDIALft2

— Anupam Kher (@AnupamPKher) July 12, 2020

यो भन्दा पहिले आमिर खान, जान्ह्वी कपुर, करण जोहरलगायतको घरमा काम गर्नेलाई पनि कोरोना संक्रमण देखिएको थियो । भारतमा कोरोना संक्रमण बढ्दै गएको छ।