Jagaran Nepal आइतबार, आषाढ २८, २०७७

काठमाडौं । निष्ठाका साथ इमान्दार भएर ड्युटी गर्दा एक महिला प्रहरी अधिकारीलाई महंगो परेको छ । अहिले विश्वभर कोरोना महामारीको रुपमा फैलिएको छ । नेपालको छिमेकी भारतमा पनि कोरोना लगातार बढ्दैछ । अहिले बाहिर आएको घटना पनि भारत गुजरात राज्यको नै हो । राज्य सरकारले मानिसहरूलाई मास्क लगाउन र कोरोना महामारीमा शाररीक दूरीको पालना गर्न अपील गर्दै आएको छ ।

अर्को तिर राज्य सरकारका मन्त्रीको नाममा उनका समर्थकहरूले सरकारी नियमको धज्जी उडाइरहेका छन् । यति मात्र होइन, प्रहरीले आफ्नो कर्तव्य पुरा गर्दा जागिरबाट निकाल्ने काम पनि भएको छ । मन्त्री समर्थकहरूलाई मास्क किन नलगाएको वा नियम पालना किन नगरेको भनेर प्रश्न गर्दा पछि ति महिला प्रहरी अधिकारीले राजीनामा दिनुपर्यो । घटना गुजरात, सूरतको वरछा प्रहरी स्टेशन क्षेत्रको मिनी बजारमा भएको हो । जहाँ शुक्रबार राति स्थानीय समयानुसार १०ः३० बजे, स्वास्थ्य राज्यमन्त्री कुमार कानानीका समर्थकहरू बिना मास्क सडकमा यात्रा गरिरहेका थिए ।

घटनास्थलमा खटिएकी सुनीता यादव नामकी महिला प्रहरीले ति समर्थकहरूलाई रोकेर कर्फ्यूको बेला मास्क किन नलगाएको भन्दै सोधपुछ गरिन् । त्यसपछि समर्थकहरूले मन्त्रीको छोरोलाई फोन गरेको भिडियो सार्वजनिक भएको छ । मन्त्रीका छोराले आफ्नो बुबाको कार लिएर समर्थकहरूसम्म पुगे । बुबाको नाम र विधायकको पोष्ट कारमा लेखिएको थियो । तर ति महिला प्रहरी घटनास्थलमा उभिएर निर्भयतापूर्वक आफ्नो कर्तव्य प्रदर्शन गर्छिन् । उनले आफ्ना वरिष्ठ अधिकारीलाई बोलाएर सम्पूर्ण अवस्थाबारे जानकारी गराइन् ।

फोनमा इन्स्पेक्टरले मन्त्रीको नाम सुन्नेबित्तिकै डराएकोजस्तो देखिन्छ । ति प्रहरी निरीक्षकले महिला प्रहरी जवानलाई घर जान अनुरोध गरेका छन् । समाचारमा उल्लेख गरिए अनुसार उनीमाथि वरिष्ठ अधिकारीको आदेश थियो । त्यसपछि ति महिला प्रहरी ड्युटी छोडेर घर गइन् । तर मन्त्रीका समर्थकहरू र उनका छोराले उक्त महिला प्रहरीसँग गरेको कुराकानी अडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा भाइरल गराए । आजतकका अनुसार महिला प्रहरीले प्रहरी प्रणालीबाट हैरान भएर राजीनामा दिएकी हुन् । अर्कोतर्फ सूरतका प्रहरी आयुक्त राजेन्द्र ब्रह्माभट्टले एसीपी सीके पटेललाई उक्त मुद्दाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।