Jagaran Nepal आइतबार, आषाढ २८, २०७७

काठमाडौं, २८ असार । अमेरिककी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे पहिलो पटक मास्क लगाएको तस्बीर सार्वजनिक भएको छ । उनले मास्क वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक भेट्न जाँदा मास्क लगाएको बताइएको छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिका भयावह स्थितीमा पुग्दा पनि ट्रम्पले लकडाउन र मास् लगाउनुपर्ने आवाश्यकता नपर्ने व्रिफिङ गर्दै आएका थिए । कोरोना भाइरस महामारीयता अमेरिकी ट्रम्पले कहिल्यौ पनि मास्क नलगाएको उनी निकट स्रोतको भनाई छ । यद्यपि उनले आफू मास्क बिरोधि नभएको बताएका छन् ।

अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु आवाश्यक परेकाले लगाएको प्रतिकृया दिएका छन् । उनले मास्क लगाउनु ठूलो कुरा नभएको बताएका छन् । उनले स्थान विशेषले निश्चित ठाउँमा मात्रै मास्कको प्रयोग गर्ने बताएका छन् ।

यो पटक उनका सहयोगी कर्मचारीहरुले पनि मास्क लगाएर हिँडेको तस्बीर सार्वजनिक भएको छ । यसअघि उनका कर्मचारीहरुले पनि ट्रम्पलाई मास्क लगाउन धेरै अनुरोध गरेका थिए । तार ट्रम्पले कहिल्यै मास्क लगाएका थिएनन् । कोरोना महामारी पछि यो नै ट्रम्पले पहिलोपट मास्क लगाएको तस्बीर सार्वजनिक भएको हो ।