काठमाण्डौं – सुशान्त सिंह राजपुतको अन्तिम `फिल्म दिल बेचारा´को ट्रेलर सार्वजनिक भैसकेको छ। ट्रेलरलाई खुब मन पराइएको छ। छोटो समयमै धेरै लाइक र भ्युज पाएर ट्रेलरले विश्व रेकर्ड पनि कायम गरिसकेको छ। फिल्ममा सुशान्त सिंह राजपुत र सञ्जना साङ्घाई मुख्य भूमिकामा देखिएका छन् ।
सुशान्तको अन्तिम फिल्म भएकाले उनका फ्यानहरूले यस फिल्मलाई ठुलो पर्दामा हेर्न चाहन्छन् । यसका लागि फ्यानहरूले लगातार माग र आ’न्दोलन पनि गरिरहेका छन्। उनको अन्तिम फिल्मलाई चलचित्रप्रेमीहरुले ठुलो पर्दामा देख्न चाहिरहेका छन् ।
तर फिल्म निर्माताहरूले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यस फिल्मलाई हटस्टार डिज्नीमा रिलिज गर्ने निर्णय गरेको खबर बाहिरिरहेको छ। यस खबरले सुशान्तका फ्यानहरूलाई निराश बनाएको छ। यद्यपि फिल्म कहाँ रिलिज गर्ने भन्ने विषयमा अन्तिम निर्णय नभैसकेकाले यस बारेमा केही भन्न सकिने अवस्था छैन।
यसभन्दा पहिलेको सुशान्तको फिल्म `ड्राइभ´ पनि नेटफिलिक्समा रिलिज गरिएको थियो। त्यसरी नै उनको अन्तिम फिल्म पनि ठुलो पर्दामा देख्न नपाइने हो कि भन्ने संका फ्यानहरूको छ। source: etajakhabar