Jagaran Nepal शनिबार, आषाढ २७, २०७७

काठमाडौं, असार २७ । सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएको ति व्यक्तिको काठमाडौंकै पुरुष रहेको खुलेको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

यो पनि राजनीतिक स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता बढ्यो- प्रधानमन्त्री ओली

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, स्थिरता र स्थापित प्रणालीप्रति चिन्ता व्यक्त भएको बताएका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कतिपयमा त्यस्तो चिन्ता व्यक्त भएको भन्दै आफ्ना तर्फबाट त्यसको रक्षाका लागि दृढ अडान रहने स्पष्ट पारे ।

‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पाइन्छ,’ प्रधानमन्त्रीले ओलीले भने, ‘म आश्वस्त पार्न चाहन्छु आम नेपालीहरुबीच आपसी एकता कायम राख्न, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान माथि उठाउन र देशको सार्वभौमिकता र भौगोलिक अखण्डता अच्छुन्न राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास जारी रहनेछ ।’

ओलीले आन्तरिक विमति र समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट कसैले बिमुख बन्न नमिल्ने बताए । सरकार जस्तोसुकै परिस्थितिमा पनि जनताको जीवनरक्षामा केन्द्रित हुने बताए ।

‘आन्तरिक विमति र समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न मिल्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारको सम्पूर्ण ध्यान महामारीमा परेका जनताको जीवनरक्षामा केन्द्रित रहनेछ ।’ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएर प्रधानमन्त्री ओलीको राजीनामा सम्म माग भइरहँदा ओलीको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

ओलीले आफ्नै दलभित्रको विवादतर्फ संकेत गर्दै महामारीमो पनि राजनीतिक विषय र सन्दर्भ उठेकोमा जनताको चासो बढेको बताए । यस्तो बहस किन ? भन्ने प्रश्न उठ्नु स्वाभाविक भएको बताए । तर, उनले राजनीतिक दलको बिमती र विवादलाई नितान्त आन्तरिक भन्दै सम्बन्धित दलले नै समाधान गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘पार्टीभित्रका विमति नियमित प्रक्रिया हुन् । समस्या समाधानका लागि धैर्यता र संयमता आवश्यक हुन्छ ।’