Jagaran Nepal शनिबार, आषाढ २७, २०७७

काठमाडौं- कमेरोटार जग्गा एकीकरण आयोजनाले भक्तपुमार प्लटिङ घडेर बिक्री खुला गरेको छ। आयोजनाले बडाबडमार्फत् भक्तपुरमा विकसित घडेरी (प्लट) बिक्रीको निर्णय गरेको हो।आयोजनाले १५ वटा प्लट बिक्री गर्ने भएको छ। आयोजनाका अनुसार एउटा प्लटको मूल्य प्रतिआना २३ लाख रुपैयाँदेखि ६५ लाख रुपैयाँसम्म तोकिएको छ।सिलबन्दी बोलपत्रमार्फत हुने बडाबडपछि जग्गा खरिद गर्नेले नै रजिष्ट्रेसन दस्तुर र राजस्व बुझाउनुपर्ने आयोजनाले जनाएको छ।

यो पनि सलह किन्न पाँच लाख बजेट विनियोजन

बनियानी । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।

“सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उनले भने, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।

यसैबीच, झापा क्षेत्र नं २ की सांसद एवं अन्तर्राष्ट्रि«य सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेकी छिन् ।

विश्व महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को न्यूनीकरणका लागि उनले स्यानेटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चस्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेकी हुन् । कोरोना भाइरससँग नगर पौँठेजोरी खेलिरहेका बेला स्वास्थ्य सामग्री उपलब्ध गराएर हौसला प्रदान गरेकोमा नगरप्रमुख रानाले धन्यवाद व्यक्त गरे ।