Jagaran Nepal शनिबार, आषाढ २७, २०७७

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)यो साता चन्द्रमाले तपाईको व्यय स्थान, प्रथम, द्धितीय र तृतीय भावको गोचर गर्नेछन । तपाईका लागि साताको शुरुवात का दिन कमजोर रहने देखिन्छ । चिन्ता बढ्ने, एवं निन्द्रा नलाग्ने समस्या देखिन सक्नेछ । यसका लागि योगा तथा ध्यानमा केहि समय दिनु उत्तम हुनेछ । तर साताको मध्य तिरका दिन देखि भने अवस्थामा सुधार हुनेछ । धन लाभ हुनेछ । बोलीमा प्रभावकारीता बढ्नेछ । सरकारी क्षेत्रबाट साथ र सहयोग मिल्न सक्नेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । आफ्ना बालबच्चाको विषयलाई लिएर केहि चिन्ता बढ्न सक्नेछ । परिवार मा मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)यो साता चन्द्रमाले तपाईको लाभ स्थान, व्यय स्थान, शिरमा र धन स्थानको गोचर गर्नेछन । तपाईको कार्य क्षमता बढ्नेछ । कुनै पनि कार्यमा एकाग्रताका साथ लगनशिल भएर कार्य गर्न सक्नुहुनेछ । समाजका लब्ध प्रतिश्ठित व्यक्तित्वहरु सँग चिनजान हुने अवसर जुट्नेछ । आफ्ना भाई बहिनी सँगको घनिष्ठता मजबुत हुने देखिन्छ । सोमबार र मंगलबार चन्द्रमाको गोचर व्यय स्थानमा हुने हुनाले यि दिनमा अचानक खर्चको मात्रा बढ्ने र बिना अर्थका यात्रा हुन सक्नेछन । बुधबार देखि भने तपाईको शिरमा चन्द्रमाको प्रभाव रहनेछ । आत्मविश्वास बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । नोकरी एवं व्यापार व्यावसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान विष्णुको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)यो साता चन्द्रमाको गोचर तपाईका लागि दशम, एकादश, व्यय स्थान र साताको अन्त्यमा शिरमा हुनेछ । यो साता तपाईका लागि शुभ रहेको छ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । नोकरी र पेशा व्यावसायमा उच्च प्रगति गर्न सकिने महिना रहेको छ । तपाईको परिश्रम बाट उच्च पदस्थ व्यक्ती प्रभावित हुनुहुनेछ । व्यापार व्यावसाय बाट राम्रो लाभ हुनेछ । घरपरिवारमा आफ्ना परिवारका सदस्यबाट उचित साथ र सहयोग हुनेछ । बिहीबार र शुक्रबार तपाईकालागि केहि कमजोर दिन रहेका छन । यी दिनमा धेरै उधारो जान सक्ने एवं खर्च बढ्न सक्नेछ । सचेत रहनु होला । बिद्यार्थीका लागि सकारात्मक साता रहनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लाग भगवान बिष्णुको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)यो साता चन्द्रमाले तपाँइको नवम, दशम, एकादश र द्धादश भावमा गोचर गर्ने छन । तपाईका लागि यो साता मिश्रित रहनेछ । भाग्यले साथ दिनेछ । आर्थीक कारोबार मा बृद्धि हुनेछ । आम्दानी बचत हुनेछ । नोकरी गर्नेहरुका लागि पनि सकारात्मक समय रहनेछ । सहकर्मी साथीबाट सहयोग हुनेछ । भाईबहिनी बाट तपाई सँग सहयोग माग्न सक्ने साता रहेको छ । यो साता तपाईको पिताको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । बिद्यार्थीको पढाईमा मन नजाने हुनाले अभिभावक लाई तनाव बढ्न सक्नेछ । प्रेम सम्बन्ध यो साता सामान्य रहनेछ । सामान्य मतभेद ले ठुलो समस्या लिने छैन । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)यो साता चन्द्रमाले तपाईको अष्टम, नवम, दशम, र एकादश भावमा गोचर गर्नेछन । यो साता तपाईको शारिरिक स्वास्थ्य बिग्रनुका साथै मानसिक चिन्ता बढ्न सक्नेछ । रोग प्रतिरोध क्षमता पनि कमजोर रहन सक्नेछ । आफ्नो आहार विहार मा सजगता अपनाउनु उत्तम हुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । व्यापार व्यवासाय मा उतारचढावहरु देखिन सक्नेछन । तर सोमबार मध्यान्ह देखि भने अवस्थामा सुधार हुनेछ । आफ्नो जिवन साथीको साथ र सहयोग ले आत्मविश्वास भने कायम रहनेछ । नोकरी गर्ने हरुका लागि शुभ समय छ । कार्यस्थलमा तपाईको बलियो प्रभाव रहनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । गुरुहरु बाट तपाईलाई महत्वपुर्ण मार्गदर्शन हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि गरिब दुखिलाई रातो कपडा दान गर्नु शुभ हुनेछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)यो साता चन्द्रमाले तपाईको सप्तम, अष्टम, नवम र दशम भावमा गोचर गर्नेछन । साताको शुरुवातका दिन भोग विलास एवं मनोरञ्जनमा बित्ने देखिन्छ । आफ्नो प्रेमी एवं जिवनसाथी सँग शारिरिक एवं भावनात्मक रुपमा नजिक हुने योग छ । साथीभाईको साथ र सहयोग ले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसायमा सकारात्मक अवस्था रहनेछ । साताको मध्यभाग तिर मंगलबार र बुधबार चन्द्रमाको गोचर अष्टम भावमा हुने हुनाले स्वास्थ्य बिग्रने एवं अनावश्यक कार्यमा धन खर्च हुन सक्नेछ । बुबाको स्वास्थ्मा समेत समस्या देखिन सक्नेछ । तर साताको उत्तरार्ध का दिनहरु भने शुभ रहेका छन । धार्मीक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्ने हरुका लागि कार्य स्थलमा कामको बोझ थपिन सक्नेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । बिद्यार्थी वर्गका लागि यो साता केही कमजोर रहेको छ खरब संगतका कारण कुलतमा फस्न सकिने छ । सचेत रहनु आवश्यक छ । यो साता ग्रहको शुभ प्रभावका लागि देवीको पुजा आराधना गर्नु एवं आमाको सम्मान र सेवा गर्नु उत्तम हुनेछ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)यो साता चन्द्रमाले तपाईको षष्टम, सप्तम, अष्टम र नवम भावको गोचर गर्नेछन । कार्य क्षेत्रमा तपाईको योगदान प्रशंसनीय रहनेछ । आफ्ना प्रतिद्धन्दी भन्दा तपाई बलियो हुनु हुनेछ । यो साता तपाँईका विरोधिहरु पराजित हुनेछन । रोग प्रतिरोध क्षमता पनि सबल रहनेछ । तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमता समेत बढ्नेछ। आर्थीक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्नो जिवनसाथी सँग भावनात्मक सम्बन्ध थप मजबुत रहनेछ । बिहिबार र शुक्रबार भने अष्टम भावमा चन्द्रमाको गोचर का कारण आर्थीक कारोबार मा सुस्तता र स्वास्थ्यमा समस्या देखिन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)बृश्चिक राशिका लागि यो साता उत्तम रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले सन्तान बाट सुख प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा प्रगति हुनेछ । तपाईको सिर्जनात्मक क्षमता सबल रहनेछ । प्रशस्त धन आर्जन हुने एवं बचत पनि हुने योग छ । नोकरीमा सफलता मिल्नेछ । नोकरी मा स्थान परिवर्तन हुने एवं जिम्मेवारी हेरफेर हुन सक्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । समाजका महत्वपूर्ण व्यक्तिहरु सँग परिचित हुने अवसर जुट्नेछ ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । जिवनसाथी सँग भावनात्मक दुरी बढ्न सक्ने देखिन्छ । सुमधुर सम्बन्धका लागि जिम्मेबार हुनु आवश्यक देखिन्छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु उत्तम हुनेछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)यो साता चन्द्रमा ले तपाईको चतुर्थ, पञ्चम, षष्टमा र सप्तमा भावमा गोचर गर्नेछन । परिवार मा केही समस्या आउन सक्नेछन । साताको शुरुमा आमाको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । मानसिक चिन्ता बढ्न सक्छ । सन्तान का कारण समेत समस्या आउन सक्छ । शान्त र स्थिर भएर समस्या समाधानमा लाग्नु आवश्यक देखिन्छ । सोमबार अपरान्ह देखि भने तपाइको अवस्थामा सुधार हुनेछ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । बिरोधीहरु पराजित हुनेछन । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ ।नोकरी गर्ने हरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम सम्बन्ध मा उतार चढाब आउन सक्छ । आफ्नो संवेग लाई नियन्त्रण गर्नु आवश्यक हुनेछ । बिद्यार्थीको पढाईमा विभिन्न बाधा एवं समस्याहरु देखिन सक्नेछन । चुनौतिहरु लाई पार लगाउँदै पढाईमा मन लगाउनु जरुरी छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)मकर राशिका लागि यो साता चन्द्रमाले तृतीय, चतुर्थ, पञ्चम, र षष्टम भावमा गोचर गर्नेछन । साताको शुरुमा तृतीय भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुने हुनाले तपाइको साहस तथा पराक्रम उच्च रहनेछ । तपाईको बोली र व्यावहारमा सकारात्मक परिवर्तन हुनेछ एवं प्रभावकारीता समेत बढ्नेछ। आफ्ना भाई बहिनी सँगको सम्बन्ध प्रगाढ हुनेछ । उनिहरुबाट अप्ठ्यारो परिस्थितीमा साथ र सहयोग समेत प्राप्त हुनेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । सामाजिक क्षेत्रमा समेत तपाईको यो साता योगदान पुग्ने देखिन्छ । तपाईका बिरोधि हरुको मनोबल कमजोर हने देखिन्छ । विद्यार्थीको पढाईमा मन जानेछ । पारिवारिक सम्बन्धमा भने केही उतारचढाब हुन सक्नेछ । अनावश्यक विवादबाट बच्नु आवश्यक छ। यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो सुखदुखमा प्रेमीको साथ र सहयोग प्राप्त हुनेछ । सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)यो साता चन्द्रमाले तपाईको द्धितीय, तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर गर्नेछन । तपाईको बोलीमा प्रभावकारीता बढ्नेछ । समग्रमा तपाईको सञ्चार सिप थप मजबुत हुनेछ । धन स्थानमा चन्द्रमाको प्रभाव रहने हुनाले प्रशस्त धन आर्जन हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । बिशेषगरि बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार बाट बढि लाभ हुने देखिन्छ । पारिवारिक जिवन सुमधुर रहनेछ । दाजु भाई दिदी बहिनी का साथै कुटुम्ब पक्षबाट समेत साथ र सहयोग प्राप्त हुनेछ । यो साता मन प्रफुल्ल रहनेछ । केहि अप्ठ्यारो अवस्थामा जिवनसाथी को साथ र सहयोग प्राप्त हुनेछ । बिद्यार्थीको पढाईमा प्रतिकुल समय देखिन्छ । विभिन्न कारणबस पढाई विग्रन सक्नेछ । सचेत रहनुहोला । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)यो साता चन्द्रमा ले तपाईको प्रथम, द्धितीय, तृतीय र चतूर्थ स्थानमा गोचर गर्नेछन । त्यसैगरि बुध र सुर्यले शिरमा गोचर गर्नेछन । समग्रमा मेष राशिका लागि यो साता शुभ रहेको छ । यो साता तपाईको शारिरिक तथा मानसिक स्वास्थ्य सबल रहनेछ । तपाईको निर्णय क्षमता पनि सबल रहनेछ । यो साता आत्म बिश्वास एवं आत्म सम्मान उच्च रहने छ । यो साता तपाईको बोलीमा मिठास देखिने छ भने विश्वसनियता समेत बढ्नेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारका सदस्य सँग गुणस्तरीय समय विताउनुहुनेछ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तुलनात्मक शनिबार कमजोर दिन हरु रहेको देखिन्छ । यो साता ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पुजा आराधना गर्नु उत्तम हुनेछ ।