Jagaran Nepal शनिबार, आषाढ २७, २०७७

सरकारले सार्वजनिक सवारीसाधन सुरक्षित रुपमा चलाउन दिने निर्णय गरे पनि यातायात ब्यवसायीले भने सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् ।सरकारले विहीबार आवश्यक स्वास्थ्य सावधानी अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । तर अहिलेकै अवस्थामा सवारी चलाउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाइछ ।

सरकारको निर्णयपछि यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार आकस्मिक बैठक डाकेको थियो । व्यवसायीका माग: १) बैंकको ऋण तिर्ने समय सार्नुपर्ने २) ग्यारेजबाट गाडी निकाल्न पुनर्कर्जाको व्यवस्था हुनुपर्ने ३) राजश्व नलिइ कागजपत्र नवीकरण हुनुपर्ने ४) बैंक ब्याजमा अधिकतम सहुलियत दिनुपर्ने ५) चालक र सहचालकको कोरोना विमा गरिदिनुपर्ने कान्तिपुर दैनिकबाट