Jagaran Nepal शुक्रबार, आषाढ २६, २०७७

काठमाडौं । डिएसपी सहित ८ प्रहरीको ज्यान लिएका गुण्डा विकास दुवेलाई प्रहरीले इ न्काउन्टर गरिदिएको छ । प्रहरी इ न्काउन्टरमा दुवेको निधन भएको छ । पक्राउ गर्न आएका डिएसपी सहित ८ जनालाई दुवेले ह त्या गरेका थिए । घटना भएको एक सातापछि पक्राउ परेका दुवेलाई प्रहरीले मन्दीरवाट पक्राउ गरेको थियो ।

प्रहरीको ह त्या गरेर मन्दीरमा लुकेका दुवेलाई प्रहरीले विहिवार पक्राउ गरेको थियो । उनलाई भारतको कानपुर टोलवाट केही पर लगेर इ न्काउन्टर गरिएको हो । तर प्रहरीले दुवेलाई लिएर गएको कार पल्टिएको र कार पल्टिएपछि दुवेले प्रहरीको ह तियार खोसेर भाग्न खोजेपछि गो ली हा निएको जनाएको छ । भारतीय सञ्चार माध्यमले गो ली ला गेर घाइते भएका दुवेको उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् ।

इ न्काउन्टरका क्रममा केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । कानपुर प्रहरीका एसएसपी दिनेश कुमारले घटनाको पुष्टि गर्दै केही प्रहरी पनि घाइते भएको जनाएका छन् । एसएसपी दिनेशका अनुसार गाडी दुर्घटनापछि घाइते भएका प्रहरीको पे स्तोल खोसेर भाग्न लागेपछि उनी माथि गो ली च’लाइएको हो ।

दुवेले फा’यरिगं गर्न थालेपछि प्रहरीले जवाफी फा’यरिगं गरेको उनले बताएका छन् । विकास दुवेलाई प्रहरीले उज्जैनवाट पक्राउ गरेको थियो । उनलाई प्रहरीलेक कानपुर लैजाने बेलामा गाडी दुर्घटना भएको हो ।