Jagaran Nepal शुक्रबार, आषाढ २६, २०७७

लमजुङ । जिल्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेसीशहर नगरपालिका वडा नम्बर ७ स्थित सातबिसेमा भुपू बोडिङ नजिकै रहेको दीपक तामाङको घर अविरल वर्षाको कारण बिहीबार राति आएको पहिरोले पुरेको हो ।

पहिरोमा परेर ३० वर्षीय दीपक , २५ वर्षीया बिमाया तामाङ र ८ वर्षीय छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा त्यही घरमा बस्ने ३ जना घाइते भएका छन् । घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।