Jagaran Nepal शुक्रबार, आषाढ २६, २०७७

तनहुँ। तनहुँमा विवाह मण्डपबाट बेहुलासहित पाँच जना प’क्राउ परेका छन् । तनहुँको ब्यास ११ दमौलीमा बुधबार भइरहेको विवाह कार्यक्रमबाटै बेहुलासहित पाँच जनालाई प्रहरीले निय’न्त्रणमा लिएको हो । बाल विवाह गरेको आ’रोपमा उनीहरु प’क्राउ परेका हुन्।

गोरखाको शहिद लखन थापा गाउँपालिका ११ का २३ वर्षीय सन्तोष अर्याल बेहुला बनेर १४ वर्षीया बेहुली लिन ब्यास आइपुगेका थिए । तर, बालविवाह भइरहेको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले मण्डपबाटै बेहुलासहित पाँच जनालाई नियन्त्र’णमा लिएको हो।

प’क्राउ पर्नेमा बेहुला, बेहुलाका बुबा, बालिकाका बुबा–आमा र पुरोहित छन्। प्रहरीकाअनुसार उनीहरुका सम्बन्धमा बिहीबार जिल्ला अदालतबाट बिहीबार म्याद थपेर अनुसन्धान अघि बढाइएको छ। मुलुकी अ’प’राध संहिताको दफा १७३ मा बालविवाह स्वतः रद्द हुने र यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कै’द र ३० हजार रुपैयाँसम्म जरि’वाना हुने उल्लेख छ।