Jagaran Nepal बिहिबार, आषाढ २५, २०७७

काठमाडौँ । पूजामा विभिन्न चरणहरू हुने गर्दछन् । माला-फूल चढाइन्छ, दियो बालेर आरती गरिन्छ । भोग लगाउने गरिन्छ, वस्त्र आदि चिजहरु अर्पित गरिन्छ । यी सबै कुरासँगै पूजाको समयमा भगवानको परिक्रमा गर्ने परम्परा छ । मान्यता अनुसार मन्दिरमा या भगवानको प्रतिमाको परिक्रमा गर्दा पुण्य बढ्दछ । ज्योतिषशास्त्र अनुसार परिक्रमा गर्दा सकारात्मक उर्जा प्राप्त हुने गर्दछ ।

परिक्रमाको संख्या

ज्योतिषीका अनुसार सूर्यदेवको सात, श्रीगणेशको चार, श्री विष्णु तथा उनको सबै अवतारको पाँच, श्री दुर्गाको एक, हनुमानको तीन, शिवलिंगको आधा परिक्रमा गर्नु पर्दछ । शिवलिंगको सम्बन्धमा मान्यता यो छ कि जलधारीलाई वाइपास गर्नु हुँदैन, जलधारीसम्म पुगेर परिक्रमा गरेमात्र पूर्ण मानिन्छ । यसकारण शिवलिंगको आधा परिक्रमा गर्नु हुँदैन ।

दाहिने हातबाट सुरु गर्नुहोस परिक्रमा

भगवानको मूर्ति र मन्दिरको परिक्रमा जहिल्यै दाहिने हाततर्फबाट सुरु गर्नु पर्दछ । किनकी प्रतिमामा भएको सकारात्मक उर्जा उत्तरबाट दक्षिणतर्फ प्रवाहित हुने गर्दछ । सिधा हाततर्फ परिक्रमा गर्दा हामी मूर्तिको नजिकै हुने सकारात्मक उर्जा प्राप्त हुने गर्दछ । मनमा शान्ति मिल्दछ । यदि प्रतिमाको नजिक परिक्रमा गर्ने स्थान छैन भने एक स्थानमा गोल धुमेर पनि परिक्रमा गर्न सकिन्छ ।

मन्त्र यानि कानि च पापानि जन्मांतर कृतानि च । तानि सवार्णि नश्यन्तु प्रदक्षिणे पदे पदे ।। मन्त्रको अर्थः जानेर वा अन्जानमा गरिएको र पूर्वजन्मको सारा पाप प्रदक्षिणासँगै नष्ट होस् । परमेश्वर मलाई सद्बुद्धि प्रदान गर्नुहोस् ।