Jagaran Nepal बिहिबार, आषाढ २५, २०७७

हाम्रो बुहारिलाइ कु टिकुटी लिएर गए 2 घण्टा पछि केटा म@र्यो प्रत्यक्षदर्शी मिडियामा (हेर्नुहोस भिडियो)हाम्रो बुहारिलाइ कु टिकुटी लिएर गए 2 घण्टा पछि केटा म@र्यो प्रत्यक्षदर्शी मिडियामा (हेर्नुहोस भिडियो)हाम्रो बुहारिलाइ कु टिकुटी लिएर गए 2 घण्टा पछि केटा म@र्यो प्रत्यक्षदर्शी मिडियामा (भिडियो अन्तमा छ)

यो पनि हेर्नुहोस
सिन्धुपाल्चोक बाढी पहिरोले घरबारविहीन परिवारलाई समाजसेवी ईशा गुरुङको ५० हजार सहयोग

काठमाडौ २५ असार / सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले ३२ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो । स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार ३३ घरका २२ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ ।

बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।

जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्याएको छ । यस्तै आपतोल भन्ने ठाउँमा पक्की पुल बगाएको छ । इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयो । ‘घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु,’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।

सिन्धुपाल्चोक बाढी पहिरोका घाइतेलाई हेलिकप्टरबाट उपचारको लागि काठमाडौं ल्याइएको छ । त्यस्तै समाजसेवी ईशा गुरुङले बाढी पहिरोबाट घरबारविहीन भएका परिवारलाई ५० हजार सहयोग गर्नु भएको छ । यसअघि पनि बझाङ र बाग्लुङका पहिरो पीडितलाई समाजसेवी गुरुङले सहयोग गरिसकेका छन् ।

भोलीदेखि छोटो दुरीमा सार्वजनिक गाडी सञ्चालन गर्न पाइने, भाडा दोब्बर लिइने

सरकारले भोली (शुक्रबार) बाट सार्वजनिक सवारी साधनहरु संचालन गर्न दिने भएको छ ।

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यो पढ्न छुटाउनु भयो कि
छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय
ट्याक्सीसहित सार्वजनिक सवारी सञ्चालन गर्ने तयारीमा सरकार
मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए।

अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्छन्।

‘जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने।

तर अन्तरजिल्ला चल्न पाउँदैनन्,’ उनले भने, ‘काठमाडौं उपत्यकाभित्र र सम्बन्धित जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ।’

उनले भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिने पनि बताए।

निजी सवारी साधन मोटरसाइकलसमेत जोर/बिजोर प्रणालीमा चलाउन सकिने खतिवडाको भनाइ छ।

काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ।

तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारको भनाइ छ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

लकडाउन सहज भएपनि सार्वजनिक सवारी र ट्याक्सी संचालन नहुँदा दैनिक कामकाजमा जाने व्यक्तिहरु मर्कामा परेका छन् त्यसमाथि पनि २ पाङ्गेहरुमा जोर बिजोर प्रणाली लागू भएसँगै उनीहरु थप समस्यामा परेका थिए ।

किस्ता तिर्न ताकेतापछि १५५ सार्वजनिक गाडीले चाबी बैंकलाई बुझाए

कास्की, २५ असार – कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् ।

ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैँक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको भन्दै ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई बुझाउने अभियानमा छन् । पोखरामा प्रधान कार्यालय रही देशभर सार्वजनिक यातायात चलाउँदै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गत सोमबारबाट चाबी बुझाउन शुरु गरेकामा बुधबार पोखरामा विभिन्न चार बैंकमा थप ६५ गाडीका चाबी बुझाए ।

मेगा बैंकमा १८, कामनामा १७, सिद्धार्थमा १४ र साङ्ग्रिला बैंकमा १६ गाडीको चाबी बुझाइएको प्र्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । यसअघि ९० गाडीको चाबी बुझाइएको थियो । व्यवसायीले अहिलेको विषम अवस्थामा किस्ता भुक्तानी गर्न नसकिने र न्यूनतम छ महिना म्याद थप गर्न सरकारसँग माग गरे पनि सुनुवाई नभएपछि गाडीको चाबी नै सम्बन्धित बैंकमा बुझाएर दबाब शुरु गरेका हुन् ।

आफूहरुसँग यसबाहेक अन्य कुनै पनि विकल्प नभएकाले बाध्य भएर ऋण लिँदा राखेको धितो बैंकलाई नै सुम्पनुपरेको गुनासो यातायात व्यवसायीको छ । सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोे र विषम अवस्थामा समेत थप प्रताडित बन्नुपरेको अध्यक्ष केसी बताउनुहुन्छ ।

“हामीले सरकारलाई किस्ता तिर्न, खाना खानका लागि राहत माग गरेकोे होइन, यो बेला सरकारसँग राहत माग्ने बेला पनि होइन”, अध्यक्ष केसीले थप्नुभयो, “हामीले अहिलेको सङ्कटपूर्ण अवस्थामा किस्ता तिर्न न्यूनतम छ महिनाको समय व्यवस्थापन गरिदिनु मात्र भनेका हौँ, बैंक तथा वित्तीय संस्थाले यही असार मसान्तमा खाने नाफा छ महिनापछि खाँदा के बिग्रन्छ र ?” बैंक तथा वित्तीय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ ।

देशभर तीन लाख यात्रुवाहक तथा ६० हजार मालवाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाख जनाले अप्रत्यक्ष रोजगारीबाट बञ्चित हुनुपरेको भनाइ व्यवसायीको छ । कामना सेवा विकास बैंकका गण्डकी प्रदेश टुवराज बाँस्तोलाले यातायात व्यवसायीलाई ऋण तिर्न ताकेता गर्न भन्दा पनि सहजीकरण मात्र गरिएको बताउनुभयो । तिर्र्न इच्छा भएकाहरुलाई बन्दाबन्दीमा फोन गरेर सहजीकरण र सहयोग गरिए पनि कसैलाई पनि तिर्नै पर्दछ भनेर दबाब नदिइएको उहाँको भनाइ छ ।

“राष्ट्र बैंकको निर्देशनानुसार हामीले असार मसान्तसम्म कुनै पनि ऋणको जरिवाना लिँदैनौँ, किस्ता तिर्न सक्नेहरुलाई बैंकको शाखा खुलेको छ, पछि एकैचोटी तिर्दा गाह्रो होला, सक्नुहुन्छ भने अहिले भुक्तानी गर्दा राम्रो हुन्छ भनेर मात्र फोन गरिएको हो ।” बाँस्तोलाले भन्नुभयो, “बैंकको सहजीकरणलाई ताकेता र दबाबको रुपमा नलिऔँ ।”कतिपय बैंक तथा वित्तीय संस्थाले भने आर्थिक वर्षको अन्तिम असार मसान्तमा संस्थाको हिसाब मिलान गर्न ऋणीलाई ताकेता गर्ने गरेको बताइन्छ । बैंकबाट ताकेता हुन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् । हेर्नुहोस भिडियो